लागूऔषध ओसारपोसारमा वृद्धि
साउन - १९ । मध्यक्षेत्रका १६ जिल्लामा मात्र गएको आर्थिक वर्षमा लागूऔषध ओसार पसार गर्ने ७ सय २४ जनालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ । यसले लागूऔषध ओसारपसार गर्नेहरु बढेको देखाएको छ ।
विशेषगरी मकवानपुर, धादिङ, चितवन र तराईका जिल्लामा उत्पादन भएका लागूऔषध गाँजा र चरेश भारत निकासी हुने र भारतमा उत्पादन भएका खैरोहिरोइन, विभिन्न खालका सिरिन्जबाट प्रयोग गरीने लागूऔषध नेपाल भित्रिने क्रममा ७ सय २४ जनलाई पक्राउ गरेको मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौडाका प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायले बताए ।
सबैभन्दा बढी गाँजा ४ हजार ५ सय ७२ केजी बरामद गरेको प्रहरी नायब महानिरीक्षक उपाध्यायले बताउनुभयो । त्यस्तै १ हजार ४ सय ९३ केजी चरेश र १ केजी ६ सय ३१ ग्राम खैरो हिरोइन बरामद गरेको छ ।
प्रहरीले लागूऔषध बरामदको कामसँगै लागूऔषध गाँजा र अफिम खेती पनि फडानीको कामलाई उत्तिकै तिब्रता दिएको छ । प्रहरीले गाँजा खेती लगाइएको मकवानपुर, नुवाकोट, धादिङ, चितवन, पर्सा, बारा, काभ्रे, सिन्धुली, महोत्तरी, रामेछाप, दोलखा, सर्लाहीमा गरी ९ सय ४२ बिगाहा ११ कठ्ठामा लगाएको गाँजा खेती नष्ट गरेको छ ।
Chitawan
drugs
Nepal Police