
साउन – १९ । कृष्णनगर सीमा नाकाबाट १० लाख भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको सिद्धार्थनगर जिल्लाको बढनीबाट कृष्णनगर सीमा नाकातर्फ पैदल पार गर्ने क्रममा प्रहरीले ४० वर्षका धिरेन्द्र पाठकलाई पक्राउ गरेको हो ।
पक्राउ परेका पाठकले आफू भारत बलरामपुर जिल्ला तुलसीपुर थाना लक्ष्मीनगर पोष्ट निदौली गाउँ निवासी रहेको बताएका छन् । प्रहरीले जाँच गर्दा पाठकको साथबाट १० लाख भारतीय रुपैयाँ बरामद गरेको जनाएको छ ।
उनीमाथि शंका लागेर जाँच गर्दा शरीरमा लुकाएको अवस्थामा पैसा भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पाठकलाई थप अनुसन्धानका लागि प्रहरीले राजश्व अनुसन्धान विभाग ललितपुर पठाएको जनाएको छ
Jail
pakrao