
साउन – २० । पर्यटक बसमा नेपालबाट भारत पु-याइएको कोकिनसँगै एक भारतीय महिलालाई पक्राउ गरिएको भारतीय सुनौली भन्सार कार्यालयले जनाएको छ । करीव ३० करोड रुपैयाँ बराबरको अवैध लागूऔषध कोकिन बरामद गरिएको हो ।
काठमाडौंबाट दिल्ली गइरहेको बा ३ ख २९१४ नम्बरको पर्यटक बसको यात्रुको साथबाट ३ किलो ६ सय ग्राम कोकिन बरामद भएको हो । उनका अनुसार बरामद कोकिनको बजार मुल्य ३० करोड ४० हजार रुपैयाँ छ ।
काठमाडौंबाट दिल्ली गइरहेको बसमा भारतीय भन्सार विभाग अन्र्तगत रहेको डाइरेक्टोरेड आफ रिभिन्यु इन्टेलिजेन्स (डिआरआई) को टोलीले लागूऔषधसहित भारतीय महिलालाई पक्राउ गरेको हो ।
नेपालबाट भारतमा जाने यात्रुसवारी साधन, संदिग्ध व्यक्तिहरुलाई नेपाली सिमामा चेकजाँच नगर्दा सजिलै रुपमा सुन, चरेस, कोकिन लगायतका अवै वस्तु नेपालबाट भारतमा गइरहेको देखिएको छ ।
Co kin
Indian Girl
pakrao