अर्थ

एभरेस्ट बैंकको सेवा प्रोजेक्टको लागू, मोबाइलबाटै एटिएम सेवा

एभरेस्ट बैंकको सेवा प्रोजेक्टको लागू, मोबाइलबाटै एटिएम सेवा
Everst bank साउन – २० । एभरेष्ट बैंकले यूकेएड सक्षमसगँ सेवा प्रोजेक्ट लागू गर्नका लागि सहमति गरेको छ । लाजिम्पाटस्थित होटल सांग्रीलामा भएको एभरेष्ट बैंकको सेवा प्रोजेक्ट लागू गर्ने कार्यक्रममा एभरेष्ट बैंकका सीइओ एके अह्लुवालीया र टिम डाइरेक्टर बलजीत भोराले उक्त सहमतिमा हस्ताक्षर गरेका हुन् । प्रमुख अतिथिका रुपमा नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर शिव राज श्रेष्ठ आश्रित रहेका थिए । उक्त कार्यक्रमको मुख्य लक्ष्य भनेको नेपालका दुर्गम क्षेत्रमा पनि बैंकिङ कारोबार अघि बढाउने हो । यस क्षेत्रमा बैंकिङ कारोबारलाई सुनिश्चित गर्न एभरेष्ट बैंकले सेवा प्रेजेक्ट गर्ने पहल गरेको हो । जसरी अहिले गाउँ र वस्तीमा रेस्टुरेन्ट र होटलको व्यवसाय फस्टाएको छ । त्यसैगरि उक्त सहमतिबाट एभरेष्ट बैंक लिमिटेडले नेपालका दुर्गम गाउँ गएर मानिसहरुलाई ब्रन्चलेस बैंकिङ मार्फत बैंकिङ कारोबारबारे जानकारी गराउने र बचत गर्ने बानीको विकास गर्दै उनीहरुको आर्थिक रुपान्तरण गर्ने योजना रहेको बताएको छ । बैंकिङ कारोबारबारे सचेतना जगाउन आर्थिक साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने निर्णय एभरेष्ट बैंकले लिएको छ । योे कार्ययोजनाले नेपालका सुदुर पश्चिमाञ्चल, मध्यम पश्च्मिाञ्ल र पश्चिमाञ्चलका २७ जिल्लामा यो सेवा उपलब्ध गराउने जानकारी एभरेष्ट बैकंका सीइओ एके अह्लुवालीयाले दिए । बैकंले सेवा प्रोजेक्ट मार्फत ट्याबलेट बैंकिङ पनि सञ्चालनमा ल्याउने भएको छ । ट्याबलेट बैंकिङ मार्फत ग्रहकहरुले मोबाइलबाटै एटिएम सेवा लिन सकिने छ । सेवा प्रोजेक्ट मार्फत बैंकले कृषिलाई विकास गर्नका लागि र सानातिना स्रोतलाई परिचालन गर्नका लागि लोनको पनि व्यवस्था गर्र्ने छ । गाउँ गाउँमा मोबाइल एटिएमको सेवा उपलब्ध गराउन सबैसगँ स्मार्ट फोन र इन्टरनेटको सुविधा नहुन पनि सक्ने र यस्तो समस्यालाई कसरी हल गर्ने भन्ने नेपाल आजको प्रश्नमा एभरेष्टका सीइओले गाउँको कुनै भरपर्दो व्यक्तिलाई एजेन्ट बनाउने र त्यही व्यक्ति मार्फत अन्य मानिसले पैसा बचत गर्न सक्ने बताए । त्यस्तै गाउँमा गएर आर्थिक रुपान्तरणको महत्व देखाउँदै बचत गर्ने बानीको विकास गराउने काममा पक्कै पनि धेरै चुनौति रहेको र चुनौतिलाई चिर्दै तीन वर्ष भित्रमा उक्त प्रेजेक्ट पूर्ण रुपमा कार्यन्वयन गर्ने एभरेष्ट बैंकको अठोट छ ।

Everest Bank Sewa Project

विशेष