नेपाल हुँदै भारतसम्म रेल पुर्याउँने चीनको योजनामा प्रधानमन्त्री प्रचण्डले साथ देलान ?
साउन २२ । कूटनीतिक मामिलामा चिनियाँ विज्ञहरुले छिङ हाई–तिब्बत रेलवेलाई नेपाल हुँदै भारतसँग जोड्न आथिकत तथा प्राविधिक रुपलेसम्भव रहेको बताएका छन् । चाइना टिबेटोलीजी रिसर्च सेन्टरले बेइजिङमा आयोजना गरेको कार्यक्रममा चिनियाँ विज्ञले त्यस्तो बताएका हुन् ।
सन २०२० सम्म नेपाल–चीन सीमा बिन्दु केरुङसम्म विस्तार हुने चिनियाँ रेलवेलाई स्वशासित क्षेत्र तिब्बत हुँदै दक्षिण एसिया जोड्न प्रविधि र अनुभव चीनसँग रहेको उनीहरुको बताएका छन् । यो कुनै सपमनामात्र होइन, व्यवहारमै लागू गर्न सकिन्छ–विज्ञहरुलाई उदधृत गर्दै चिनियाँ कम्यूनिस्ट पार्टीको मुखपत्र पिपुल्स डेलीले लेखेको छ । अन्नपूर्ण पोस्ट्बाट