अर्थ

ग्यास सिलिन्डर दुर्घटनाको क्षतिपूर्ति १ करोडसम्म

ग्यास सिलिन्डर दुर्घटनाको क्षतिपूर्ति १ करोडसम्म
Gas-Cylinder साउन - २२ । ग्यास सिलिन्डर विस्फोट भएमा पीडितले एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन् । एलपी ग्यास उद्योग संघले झन्डै दुई महिनाको तयारीपछि सिलिन्डर विस्फोट भए क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो । संघको शुक्रबार बसेको बैठकले एउटा दुर्घटनाको क्षतिपूर्ति १ करोडसम्म व्यहोर्ने निर्णय गरेको अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए । ग्यास सिलिन्डर विस्फोटका घटना बढ्दै गएपछि उद्योगीले ४ असारमा विशेष भेला गरेर समान क्षतिपूर्तिको व्यवस्था लागू गर्ने निर्णय गरेका थिए । जुनसुकै कम्पनीको सिलिन्डर विस्फोट भएमा पनि पीडितले समान क्षतिपूर्ति पाउनेछन् । संघमा आबद्ध सबै उद्योगीलाई निर्णय कार्यान्वयन गर्न आइतबार पत्राचार गरिने अध्यक्ष घिमिरेले बताए । उनले भने, ‘यस विषयमा बिमा कम्पनीसँग थप छलफल गरी एक साताभित्रै निर्णय लागू गर्छौा ।’ सिलिन्डर विस्फोटपछि मृतक र घाइतेका परिवारले क्षतिपूर्तिमा फरक–फरक र ठूलो रकम माग्न थालेपछि व्यवसायीले क्षतिपूर्तिको रकम आफौ निर्धारण गरेका हुन् ।  लाख सिलिन्डर विस्फोटबाट मृत्यु भएकाका प्रतिपरिवारलाई १० लाख रुपैयाँका दरले क्षतिपूर्ति दिइनेछ । एउटै घटनामा ६ वा सोभन्दा बढीको मृत्यु भएमा ५० लाख रुपैयाँलाई नै दामासाहीले उपलब्ध गराइने छ । सिलिन्डर विस्फोटबाट भौतिक क्षति भएमा अधिकतम् ४० लाख रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराइनेछ । एउटा दुर्घटनामा त्यसभन्दा धेरै क्षति नहुने संघको बुझाइ छ । विस्फोटबाट घाइते हुनेलाई १० लाखसम्मको उपचार खर्च दिइनेछ । नयाँ पत्रिकामा समाचार छ । 

Gas Gas Bullet Gas nepal

विशेष