फायल गायबदेखि जग्गाको कित्ता नै फरक पारिएको ४० वर्ष पुरानो मुद्दाले लियो नयाँ मोड
साउन २२ । विक्रम सम्वत् १९९० सालको भुकम्पलगत्तै लक्ष्मीकृष्ण खड्गीका हजुरबुबाले ललितरपुरको मंगलबजारमा घर बनाएका थिए । मोहीयानी हकको कानुन बनेसँंगै हजुरबुबा लालबहादुर खडगीले हकदाबी गर्दै निवेदन दिएका थिए । त्यसयता तीन पुस्ताले निरन्तर गुठीमा निवेदन र आवश्यक कागजात बुझाउंदै आएका छन् ।
४० बर्षदेखि विचाराधीन मुद्दाका बारेमा गुठी संस्थानको बोर्डमा छलफल चलिरेहको छ । नेपाल आजले लक्ष्मीकृष्ण खड्गीका हजुरबुबाले दायर गरेको र नातिको कांधमा आइपुगेको मुद्दाको समाचार प्रकाशित गरेपछि बोर्डले सो बारेमा छलफल थालेको हो । तर छलफल थालेको लामो समय बित्दा पनि मुद्दाको छिनोफानो हुने छाँटकाँट देखिएको छैन ।
असार ३ गते बसेको बोर्ड बैठकमा खड्गीको हकदाबीका बारेमा छलफल भयो । तर, उनले बुझाएका कागजात गुठीमा फेला नपरेपछि बैठक बिना निष्कर्ष सकियो । त्यसपछि गुठीमा पटकपटक बैठक बस्यो तर निष्कर्ष केही निक्लिएन । गुठीका सबैभन्दा पूराना कर्मचारीसमेत रहेका सहप्रशासक हेम सुवेदीले मुद्दा कमजोर बनाउनका लागि कागजात लुकाएको आरोप पीडित पक्षको छ । सुवेदीसँंग यसबारेमा बुझ्न नेपाल आजले गरेको प्रयास सफल हुन सकेन । सुवेदी सम्पर्कमा आउन चाहेनन् ।
साउनको ४ गते बसेको गुठीको बोर्ड बैठकले खड्गीको कागजात फेरि माग्यो । उनले सबै कागजात पुनः बुझाए । त्यसपछि गुठीका बोर्डका कर्मचारीहरु आएर उनको घर निरीक्षण गरे । घर निरीक्षण गर्दै उनीहररुले‘ गुठीको रेकर्डमा मन्दिर, लेखेको रैछ, यहाँ त घर नै रैछ’ भनेर गएको खड्गी बताउछन । खड्गी भन्छन‘ गुठीका कर्मचारीहरुले के गर्छन बोर्ड सदस्यहरुलाई नै थाहा छैन । प्रमाणको कागज पटक पटक हराउँंछन, एउटा मुद्धालाई वर्षौ लगाउछन । बोर्ड सदस्यले आएर अब तपाईको मुद्धाको छिनोफानो लगाउछु भनेका छन्, हेरौं के हुन्छ ।’
खड्गीको आक्रोश
यति लामो समयको मुद्दा एउटा कर्मचारकिो स्वार्थले गर्दा पार लाग्न नसकेको खड्गीको आरोप छ । ‘नत सरकारको नै टेर्यो नत ,अख्तियारको नै, सबैलाई काम हुदैछ भनेर झुलायो मात्रै ।’ उनले भने ‘अब पनि काम भएन भने हामी गुठी विरुद्ध जुलुस गर्छौ । यहाँका सबै साथीहरु गुठीको कामसँग असन्तुष्ट छन । उनीहरुसंग मिलेर हामी गुठीको हाकिमलाई कालो मोसो दल्छौं । अनि चाहीँ गर्छन की काम, नत्र सधै किन अन्याय ?’
बोर्ड अध्यक्षको प्रतिक्रिया
गुठीको बोर्ड अध्यक्ष लक्ष्मण ज्ञवाली खड्गीको गुनासो जायज भएको बताउँंछन् । आफू खड्गीका बारेमा सकारात्मक भए पनि फैसला गर्न गाहे भएको ज्ञवालीको भनाइ छ । उनी भन्छन ‘हामीले साउन ४ गते यो विषयमा बैठक बस्यौं । उहाँले उपलब्ध गराउनु भएका सबै कागजातहरु हेरेका छौं । हामीले बोर्ड सदस्य केदार कोईरालालाई खड्गीको घर निरीक्षण गर्न पठाएको छौं । उहाँले रिपोर्ट प्रस्तुत गरेपछि भदौ महिनाको बैठकमा फैसला हुन्छ ।’
जटिलता बढ्दै
खड्गीको मुद्दामा जटिलता थपिएको बताउछन गुठी अध्यक्ष लक्ष्मण ज्ञवाली । उनि भन्छन ‘ त्यो जग्गामा जटिलता देखिएको छ । त्यो जग्गालाई मोही दिन पाईदैन, व्यक्तिगत नाममा नामसारी गर्न नी मिल्दैन । किनकी खड्गीले दाबी गरेको जग्गाको कित्ता र गुठीमा भएको जग्गाको कित्ता नै फरक छ । यो कसरी भयो हामी यसको निर्णयमा पुगिसकेको छैनौं, आगामी बैठकमा पक्कै केही निर्णय हुन्छ ।’
र याे पनि
►मन्त्रीले नै आफ्नो तोक, लिखत र हस्ताक्षर भुलेपछि……….
►व्यक्तिगत रिसिबीले चालिस वर्षसम्म लम्बिएको गुठीकोे मुद्दा
►८० बर्ष देखि न्यायको लागि याचना बाजेको फाइल नाति सम्म
Guthi Sasthan