सेवा निवृत्त कर्मचारीलाई रु २२ करोड ९३ लाख ६७ हजार भुक्तानी दिइने
साउन - २२ । कर्मचारी सञ्चयकोष शाखा कार्यालय पोखराले आव ७२ / ७३ को असार मसान्तसम्म सेवा निवृत्त दुई हजार ३८६ जना कर्मचारीलाई रु २२ करोड ९३ लाख ६७ हजार कोष कट्टी रकम र मुनाफा भुक्तानी गरेको छ ।
कार्यालयले सोही अवधिमा घर सापटीमा रु २१ करोड १० लाख ४५ हजार र शैक्षिक सापटीमा रु २१ लाख ३० हजार साँवाब्याज असुल गरेको शाखा प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
कार्यालयले ३५ जना सञ्चयकर्तालाई घर सापटीमा करिब रु ९ करोड १५ लाख चार हजार र शैक्षिक सापटीमा १२ जनालाई रु दुई करोड २७ लाख २६ हजारसमेत ऋण प्रवाह गरेको थियो ।
शाखाले सोही अवधिमा नौ हजार २९० जना सञ्चयकर्तालाई रु एक अर्ब सात करोड ७९ लाख ३७ हजार विशेष सापटी दिएको थियो ।
सामाजिक सुरक्षण सुविधा अन्तर्गत छजनालाई कल्याणकारी बिमा तर्फ रु सात लाख ९० हजार, काजकिरिया खर्च अनुदान तर्फ२१ जनालाई रु पाँच लाख ८० हजार, दुर्घटना क्षतिपूर्ति तर्फ चार जनालाई चार लाख र सुत्केरी तथा शिशु स्याहार खर्च अनुदान तर्फ ७१८ जनालाई रु ५३ लाख ८५ हजार प्रदान गरिएको शाखा प्रमुख पौडेलले बताए ।
सबै रोजगारलाई सञ्चयकोष भन्ने अभियान अन्तर्गत यो अवधिमा ११ वटा सङ्घ संस्थाका करिब २०० कर्मचारी तथा कामदारको कोषकट्टी रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्ने सम्झौता गरिएको थियो ।
कोषमा आवद्ध सञ्चयकर्ता कर्मचारीलाई दुर्घटना क्षतिपूर्तितर्पm एक लाख २५ हजार, काजकिरिया खर्चत तर्फ रु .३० हजार, औषधोपचार शीर्षकमा बढीमा रु ५० हजार र सुत्केरी तथा शिशु स्याहार कार्यक्रम अन्तर्गत रु सात हजार ५०० सहुलियत दिइने गरिएको छ ।
सञ्चयकर्ता कर्मचारीलाई कोषले गण्डकी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा औषधोपचार गर्दा कोषको परिचयपत्रको आधारमा परीक्षण शुल्कमा रु ५० , भर्ना शुल्कमा रु १००, एक्सरेमा कम्तीमा १० प्रतिशत, ल्याब परीक्षणमा १० प्रतिशत र औषधिमा पाँच प्रतिशत छुटको व्यवस्था समेत मिलाएको छ । रासस
Karmachari
karmachari sanchaya kos
Pokhara