अर्थ

नेपाली फूलको बिरुवा भारत निर्यात

नेपाली फूलको बिरुवा भारत निर्यात
flower साउन - २२ । पाल्पाको तानसेन नगरपालिका– ११ रक्साहस्थित गुप्ता नर्सरीबाट वार्षिक रु २० लाख बराबरको फूलको बिरुवा भारतमा निर्यात हुने गरेको छ । व्यावसायिक फूलको खेती गर्न उपयुक्त रहेको पाल्पाबाट भारतमा ठूलो मात्रामा निर्यात हुने गरेको छ । पछिल्ला पाँच सात वर्षदेखि फूलको व्यापार फस्टाएको छ । २०/३० लाखदेखि करोडौँको घर बनाउँदा फूल आगन, ढोका, गेस्ट रुममा राख्ने प्रचलन बढेको छ । पाल्पामा गर्मी र जाडो दुबै मौसममा फूल उत्पादन गर्न सकिने भएकाले यहाँको फुलमा उपभोक्ताको आकर्षण थपिएको गुप्ताले बताए । घर तथा आँगनमा फूलेको फूलले मानिसमा उत्साह थप्ने, निरासा हटाउने, स्वच्छ, सफा देखिने र मानिसलाई नै फूर्तिलो बनाउने गर्दछ । फूल नरुचाउँने मानिस सायद नहोलान् गुप्ता थप्छन् ‘फूलले दृश्य हेर्नासाथ त्यसको आहारा, पानी, स्याहारको चिन्ता हुन्छ भने फुलले धेरै मानिसलाई हसिलो र पूर्तिलो बनाउँछ ।’ रुपन्देहीको ड्राइभरटोलमा २० वर्षदेखि फूलको व्यापार गर्दै आएको गुप्ता नर्सरी फार्मले गर्मी र अत्यधिक जाडोमा फुलको नर्सरी राम्रोसँग हुर्कने जनाएको छ । तानसेन प्रभास नजिकै रक्साहमा १३ रोपनी जग्गा लिजमा लिएर फुलको नर्सरी हुर्काएर बुटवल, नारायणघाट, भैरहवा, दाङ्, चितवन, नौतनवा, गोरखपुरमा समेत फुलको बिरुवा निर्यात हुने गरेको छ । पाल्पाबाट सयपत्री, पिटोनिया, डेन्थस, भर्विना, एन्थेनियम, पेन्जी, जेरनियम, भीङ्का, डालिया, गोदावरीलगायत २० थरीका फुल निर्यात हुने गरेको छ । प्रोपराइटर गुप्ताले एक हजार बिरुवा राखेकामा नौँ सय बिरुवा पाल्पामा राम्रोसँग हुर्कने र त्यसबाट कुल आम्दानीको ४५ प्रतिशतसम्म नाफा लिन सकिने बताए । हाइब्रिड जातको फूलको व्यावसायिक खेतीबाट खर्च कटाएर ४५ प्रतिशत नाफा गर्न सकिने र यसको बजार सम्भावना जताततै बढ्दै गएको उनले बताए । हाइब्रिड जातको फूलमा धेरै फूल लाग्ने बोट सानो हुने भएकाले सजावट छरितो हुने, बोट नभाँचिने र फूलले घरलाई उज्यालो बनाउने फूल व्यवसायी बताउँछन् । रासस

Bharat bharatpur chitwan flower

विशेष