अर्थ बैंकिङ

अब बैंकमा जांदै नगइ खाता खोल्न, पैसा झिक्न र जम्मा गर्न सकिने, यस्तो छ सेवा परियोजना

अब बैंकमा जांदै नगइ खाता खोल्न, पैसा झिक्न र जम्मा गर्न सकिने, यस्तो छ सेवा परियोजना
Everst bank 2 साउन - २४ । एभरेष्ट बैंक र यूकेएड सक्षमबीच वित्तिय सेवा पहुँच अन्तर्गत एभरेष्ट बैंक ‘सेवा परियोजना’का लागि सम्झौता भएको छ । सेवा परिवजनाले पश्चिम नेपालका २७ जिल्लामा सेवा दिने एभरेष्ट बैंकले जनाएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवलिया र यूकेएड सक्षम एक्सेस टू फाइनान्सका टिम लिडर बलजीत बोहराले सम्झैतामा हस्ताक्षर गरेका हुन् । के हो सेवा प्रोजेक्ट ? यो परियोजना अन्र्तगत बैंक नभएका ठाऊंहरुमा बैंकले आफ्ना आधिकारिक प्रतिनिधिमार्फत बैंकिङ सेवा उपलब्ध गराउनेछ । यसका लागि दुर्गम ठाऊंमा बैंकका प्रतिनिधिहरु खटिनेछन् । उनिहरुले मोबाइलबाटै सेवाग्राहीको खाता खोलिदिनेछन् । घाउघरमै बस्ने प्रतिनिधिले मोबाइल एप्सको प्रयोग गरी खाता खोलिदिने र सम्बन्धित व्यक्तिको ईच्छा अनुसार पैसा जम्मा गर्ने वा झिकिदिने गर्नेछन् । सोका लागि सेवाग्राहीसँग कोड प्राप्त गर्ने छन् । सो कोडको आधारमा स्थानीय प्रतिनिधिमार्फत पैसा झिक्ने र जम्मा गर्न सकिनेछ । पैसा झिक्न र जम्मा गर्न बैंक धाइरहन पर्दैन । प्रतिनिधिले पैसा बुझ्नेछन् र तत्कालै बैंकमा पैसा जम्मा भएको रसिदपनि दिनेछन् । पैसा झिक्दापनि त्यहीं विधि अपनाइनेछ । सेवा प्रोजेक्ट अन्तर्गत एभरेष्ट बैंकले दुर्गम क्षेत्रका मानिसहरुलाई बैंकिङ कारोबारबारे सचेत बनाउन आर्थिक साक्षरता कार्यक्रम पनि सञ्चालन गर्दैछ । बैंकले सेवा प्रोजेक्ट मार्फत ट्याबलेट बैंकिङ पनि सञ्चालनमा ल्याएको छ । ट्याबलेट बैंकिङ मार्फत ग्रहकहरुले मोबाइलबाटै एटिएम सेवा चलाउन सक्नेछन् । सेवा प्रोजेक्ट मार्फत बैंकले कृषिलाई विकास गर्न ऋणको पनि व्यवस्था गर्र्ने छ । मोबाइल एटिएम कसरी चलाउने ? ग्राहकहरुले आफ्नो नजिकै रहेको मोबाइल एटिएम व्यवसायिक प्रतिनिधिमार्फतः —खाता खोल्न सक्नेछन् —रकम जम्मा गर्न तथा निकाल्न सकिने —एभरेष्ट बैंकका अन्य खाताहरुमा रकम जम्मा गर्न सकिने —एभरेष्ट बैंकका कुनै पनि शाखाहरुमा परिचयपत्रको आधारमा आफूले चाहेको व्यक्तिलाई रकम पठाउन सकिने गाउँ गाउँमा मोबाइल एटिएमको सेवा दिलाउन सबैसगँ स्मार्ट फोन र इन्टरनेटको सुविधा नहुन पनि सक्छ । यो सेवाले वचत गर्ने बानीको विकास गराउने बैंकको विश्वास छ । छिरोलिएर रहेको पूँजीलाई एकाकार गर्ने तथा निष्क्रिय पूँंजीलाई बैंकमार्फत चलायमान बनाउने उद्देश्य लिइएको छ । यो परियोजनाले आवश्यकतामा रहेकाहरुलाई सहजै ऋण उपलब्ध गराउने र गाऊंघरमा विद्यमान चर्को व्याजदरलाई न्युनिकरण गर्ने बताइएकोछ । नेपाल राष्ट्र बैंकका डेपूटी गर्भनर शिबराज श्रेष्ठले परियोजनाका कारण दूरदराजसम्म बैंकिङ सेवा पुग्ने र वचत गर्ने बानीको विकास हुंने भन्दै खुशी व्यक्त गरे । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अहलुवलियाका अनुसार बैंकिङ पूर्वाधार तयार नभइसकेका दुर्गम ठाऊंमा समेत बैंकिङ कारोवार गर्न तथा बैंकसम्म जनताको पहुंच पु¥याउनलाई सेवा परियोजना तयार पारिएको हो । उनले भने, ‘यो सुविधा देशका सुदुर पश्चिम, मध्य पश्चिम र पश्चिम क्षेत्रका २७ जिल्लाहरुमा संचालन हुंनेछ । हामीले शाखा रहित बैंकिंगको नौलो आयामको रुपमा ट्याबलेट बैंकिग पनि शुरु गरेका छौँ साथै यस सेवा परियोजनामार्फत विपन्न वर्ग र कृषि कर्जा अझ विस्तार गर्नेछौँ ।’ सेवा परियोजना अन्तर्गत ग्राहकहरुले मोबाइलबाटै एटिएमको सुविधा प्राप्त गर्न सक्नेछन् । उक्त सेवा सुचारु गर्नका लागि बैंकले आधिकारिक व्यवसायिक प्रतिनिधि(एजेन्ट) राख्ने छ । परियोजना संचालन हंने २७ जिल्लाहरु सल्यान, रुकुम, कैलाली, दाङ, डडेलधुरा, बाजुरा, बैतडि, अच्छाम लगायतका जिल्लाहरुमा सेवा परिचालनले सेवा उपल्बध गराउँदैछ । एभरेष्ट बैंकले हाल आफ्ना ६१ वा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवाहरु प्रदान गर्दै आएको छ । त्यसैगरि आफ्ना ३०० भन्दा बढि शाखारहित बैंकिग केन्द्रहरुबाट बैंकले सेवा पुर्याउदैँ आएको छ ।

dang Everest Bank Kailali Salyan Sewa Project

विशेष