अर्थ

बुद्धचित्तको एउटै बोटबाट करौडौको आम्दानी

बुद्धचित्तको एउटै बोटबाट करौडौको आम्दानी
bodichita साउन २५ । बौद्ध धर्मालम्बीहरुले मन्त्र जप्न प्रयोग गर्ने मालाका दाना बुद्धचित्तको एउटै बोटबाट करौडौ रुपैयासम्म आम्दानी हुन थालेको छ । बहुमुल्य बुद्दचित्तको १ सय ८ वटा दानाबाट माला उन्ने गरिन्छ । यसको दाना जति सानो भयो माला उती नै छरितो र मुल्यवान समेत हुने गरेको छ । बुद्दचित्तको उद्गमस्थल काभ्रेमा एउटै बोटबाट करौडौको आम्दानी गर्न थालेका छन । काभ्रेमा बुद्दचित्तको बोट महंगो भएको कारणले कतिपय स्थानियहरुले बुद्दचित्तको बोटमा सिसी टिभी जडान गरेका छन । एउटै बोटबाट करौडौको आम्दानी हुने भएकाले बारीभरि नै त्यहाँका स्थानियबासिन्दाहरुले बुद्दचित्त लगाएका छन । के हो बुद्दचित्त ? बुद्दचित्त बाहिरबाट हेर्दा वयरजस्तै देखिने एक प्रकारको फल हो । यो एक प्रकारको वनस्पति हो । यसको बाहिर बोक्रामा दाना हुन्छ । यो दाना नै माला बनाएर प्रयोग गरिने बुद्दचित्त हो । एक मुखे देखि सात मुखेसम्म यसको बनोट रहेको हुन्छ । एउटै रुखमा धेरै दाना फल्ने र एकैपटक धेरै आम्दानी गर्न मिल्ने फलको माग पनि पछिल्लो समय धेरै नै रहेको छ । समुन्द्र सतहबाट १२ सयदेखि दुईहजार मिटरसम्मको उचाईमा रहेको भिरालो पाखोबारीमा हुने यो बिरुवा तिमालबाहेक नेपालको अन्य ठाउमा पनि विस्तारै पुग्न थालेको छ । एउटा विरुवा रोपेको ३ वर्षदेखि नै दिर्घकालिनसम्म बर्सेनी फल दिन्छ । बुद्दचित्तले पैसा कसरी दिन्छ ? विश्वभरका बौद्दधर्मालम्बीहरुले बुद्दचित्तको माला मन्त्र जप्न प्रयोग गरेका छन । जति सानो दाना भयो उती नै छोटो माला हुने भएकाले मालाअनुसार भाउ तय हुन्छ । यसको प्रयोग गरेर मन्त्र जप्दा शान्ति प्राप्त हुने तथा मनोकामना प्राप्त हुने विस्वासकै कारण बुद्दचित्तको प्रयोग हुने गर्दछ । धार्मिक महत्वको कारणले नै नेपालबाहेक विश्वभरका सबै बुद्दिष्टबाट यसको माग आउने गरेको छ । चिनियाँ बजारमा यसको प्रयोग अधिकाशं हुने भएकाले पनि नेपाली माला चिनतर्फ नै जाने गरेको छ । बुद्दचित्तको दाना प्रयोग गरि ठुलो गुम्बा निमार्ण हुने, माला लगाउने, मन्त्र जप्ने प्रयोग हुने तथा धार्मिक गुरुले बहुअर्थी प्रयोगको महत्व दर्साएकै कारण यसको माग बढी भएकाले महंगोमा बिक्रि हुने गरेको हो ।

bodhichitta

विशेष