अर्थ

ग्यास बोक्ने बुलेट आफैले किन्ने निर्णय उल्टाउन प्रचण्डलाई लोकमानको दबाब

ग्यास बोक्ने बुलेट आफैले किन्ने निर्णय उल्टाउन प्रचण्डलाई लोकमानको दबाब

lokman_singh_karki_on_Europe_tour3430साउन २६ । ओली क्याविनेटबाट गरिएको राजनीतिक पृष्ठभूमिका १४ राजदूत सिफारिसलाई पुष्पकमल सरकारले ठूलै लडाई जितेसरि फिर्ता लिएपछि नेपाली नम्बर प्लेटका बुलेटबाटै नेपाली बजारमा खाना पउकाने एलपी ग्यास भित्र्याउने अर्को स्वालम्बी कदम पनि फिर्ताको अन्तिम तयारी चल्दैछ । बहाली भएको साता बितेको छैन, प्रधानमन्त्रीको च्याम्बरमा यही कामका लागि लोकमानको सन्देश बोक्दैै पालैपालो दुइ भाई दौडिरहेका छन् ।

मन्त्री तोकिनुअघिै उक्त मन्त्रालयको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्रीसँग एउटा फाइल नै तेस्र्याएर आपूर्ति सचिव श्रीधर सापकोटाले भने, ‘पहिला नगरौं भन्दा भन्दै जबर्जस्ती गरे । अब त यो रोक्दैपर्छ ।’ चीनसँग पारवहन सन्धि गरेबाट भित्रभित्रै भारतीय पक्ष असन्तुष्ट रहेको र त्यसमाथि उताबाट आइरहेको बुलेटलाई रोकेर नेपाली नम्बर प्लेटको बुलेट खरिद गरी पठाइँदा समस्या झन चर्किने भनी श्रीधरले प्रचण्डलाई तर्साएका छन् । उनले त्यस्तो निर्णय कार्यान्वयन गरिए फेरि नेपाली बजारमा ग्यास अभाव हुने चेतावनी दिएका छन् । –जनआस्था साप्ताहिकबाट

विशेष