
साउन २६ –
काठमाडौँबाट मलेसियाको क्वालालम्पुर हुँदै थाइल्यान्ड जान लागेकी थाई नागरिक वारान्य केइपिकुललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गर्ने क्रममा मंगलबार राति प्रहरीले तीन किलो ५४.५ ग्राम कोकिन बरामद गरेको छ।
केइपिकुललाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले काेकिन सहित पक्राउ गरेकाे हाे । बरामद गरेको यो कोकिनको अन्तर्राष्ट्रिय बजार मुल्य अनुमानित ६ करोड १० लाख ८० हजार रुपैयाँ बराबरको रहेको बताएको छ ।
केइपिकुलले फल्सबटम बनाइएको सुटकेसमा कोकिन लुकाई थाइल्यान्ड लैजान लागेका थिए । केइपिकुल लागुऔषध लिन यही साउन २१ गते काठमाडौँमा आएर विभिन्न होटलमा बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
Cokin
drugs
thailand