अपराध सुरक्षा

आमाका हत्यारा पक्राउ

आमाका हत्यारा पक्राउ
 jailसाउन - २६। गत शनिबार आमाको हत्या गरी फरार रहेका व्यक्तिलाई प्रहरीले पाँच दिनपछि पक्राउ गरेको छ । जिल्लाको क्यामिन–६ निवासी ७० वर्षीया पुतली नेपालीको हत्या गरी फरार रहेका ४० वर्षीय छोरा देवबहादुर नेपालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । हत्यापछि फरार रहेका देवबहादुरलाई लमजुङको मध्यनेपाल नगरपालिका–१२ बाट पक्राउ गरिएको हो । शिशाघाट प्रहरी चौकीका प्रहरी हवल्दार इन्द्रबहादुर गुरुङको नेतृत्वमा गएको प्रहरी टोलीले देवबहादुरलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए । देवबहादुर विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने भएको छ । रासस

Jail Tanahu

विशेष