अर्थ
म्याग्दीमा फोहोरबाट लाखाै सङ्कलन
बिहिबार, २७ साउन २०७३ गते प्रकाशित
साउन - २७ । बेनी नगरपालिका कार्यालयले फोहोर सङ्कलन र व्यवस्थापनबाट गत आवमा रु १२ लाख ५७ हजार आम्दानी गरेको छ ।
सदरमुकाम बेनी क्षेत्रबाट निस्कने फोहोरलाई नगरपालिकाले ट्याक्टरमा सङ्कलन गरी जलेश्वर नजिकै कालीगण्डकीको किनारमा थुपारेर जलाउँदै आएको छ । सो फोहोरको महसुलबाट उक्त आम्दानी भएको नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले जानकारी दिए । अघिल्लो आवमा रु ११ लाख ९१ हजार महसुलबाट आम्दानी भएको थियो ।
बेनीबजार, मङ्गलघाट र गलेश्वर क्षेत्रमा रहेका करिब ८०० घरबाट निस्कने फोहोर दैनिक रुपमा ट्याक्टरमार्फत सङ्कलन गरिन्छ । फोहोर व्यवस्थापन गरेबापत नगरपालिकाले कच्ची र पक्की घर तथा घरको तला अनुसार रु ५० देखि रु २०० सम्म महसुल शुल्क निर्धारण गरेको छ । रासस
phohor bata lakhau