साताको अन्तिम दिन सुनको मुल्यमा गिरावट
साउन २८ । साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ ।
प्रतितोला तीन सय रुपैयाँले घटेसँगै सुनको मुल्य ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार ५९ हजार २ सय पुगेको सुन बिहीबार भने सोही मुल्यमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मुल्य पनि बिहिबार ५ रुपैयाँ घट्दै ८ सय ९५ कायम भएको छ । बुधबार र बिहीबार चाँदी ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
sun chadi prize