अर्थ

विद्यार्थीले शैक्षिक कर्जा पाउने

विद्यार्थीले शैक्षिक कर्जा पाउने
student-loanसाउन - २८ । हिमालय कलेज अफ इन्जिनियरिङ ललितपुरमा इन्जिनियरिङ स्नातक (बीई) अध्ययन गर्ने विद्यार्थीले शैक्षिक कर्जा पाउने भएका छन् । कलेजका विद्यार्थीको शैक्षिक प्रमाणपत्र धितो राखेर एनएमबी बैंक लिमिटेडले शैक्षिक कर्जा उपलब्ध गराउने भएको हो । आज काठमाडौंमा कार्यक्रम गरी कलेज र बैंकले शैक्षिक कर्जासम्बन्धी सम्झौता गरेका हुन् । सम्झौतापत्रमा कलेजका अध्यक्ष विष्णुप्रसाद शर्मा र बैंकका कार्यकारी अधिकृत उपेन्द्र पौडेलले हस्ताक्षर गर्नु भयो । यो योजनाअन्तर्गत बैंकले पॉच देखि ८ प्रतिशत वार्षिक व्याजदरमा शैक्षिक कर्जा उपलब्ध गराउने छ । चार बर्ष अध्ययन गर्दा लिएको कर्जा विद्यँर्थीहरुले पढाइ सकेको चार बर्ष भित्रमा तिरिसक्नु पर्नेछ । पहिलो वर्ष २५ विद्यर्थीले कर्जा पाउने बताइएको छ ।

Himalayan Campus Student Loan

विशेष