विद्युत प्राधिकरणको आधा आम्दानी भारतलाई
भदौ १ । नेपाल विद्युत प्राधिकरणले एक वर्षमा जति आम्दानी गर्छ त्यसको आधाभन्दा बढी हिस्सा भारतलाई बुझाउने गरेको छ ।
नेपाल भारतसँग बिजुली खरिद गरेबापत आर्थिक वर्ष ०७२-७३ मा १६ अर्ब ५० करोड रुपैयाँ चुक्ता गरेको छ । प्राधिकरणले गत वर्ष ३२ अर्ब रुपैयाँ आम्दानी गरेको थियो । भारतलाई तिर्ने रकम प्राधिकरणको कुल आम्दानीको ५१ दशमलव ५६ प्रतिशत हो ।
अघिल्ला वर्षको तुलनामा गतवर्ष बढी बिजुली खरिद भएकोले बढी रकम तिर्नुपरेको प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए । नागरिक दैनिकबाट