अर्थ

बढी मूल्यमा सामान बेच्ने फेन्सी पसलमा सिलबन्दी

बढी मूल्यमा सामान बेच्ने फेन्सी पसलमा सिलबन्दी
Shirl Bandiभदाै - १ । काठमाडौको महाराजगन्जमा खरिद मूल्यभन्दा बढी मूल्य राखेर सामान बेच्ने एक सेलवेज डिपार्टमेन्टल स्टोरमा रहेको फेन्सी पसलमा सिलबन्दी गरिएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजार अनुगमन टोलीले छापा मार्ने क्रममा खरिद मूल्य भन्दा धेरै मूल्य असुल गरेको पाएको थाहा पाएपछि फेन्सी पसलमा सिलबन्दी गरेको छ । उक्त फेन्सी पसलमा २४ रुपैयाँको बेल्टलाई ११ सय ९५, ८ सयको चस्मालाई ४४ सय, ३ सय १५ को जिन्स पाइन्टलाई २६ सय ५ सयको भित्री बस्त्रलाई ११ सय रुपैयाँमा बिक्री वितरण गरेको पाइएको थियो । त्यस्तै वाणिज्य तथा आपूर्ति मन्त्रालयको टोलीले तीन दिनभित्र कार्यालयमा उपस्थित भई स्पष्टिकरण दिन निर्देशन दिइएको छ ।

Fancy Shop shil bandi

विशेष