पर्यटन

नेपालको पर्यटन प्रर्वद्धन अन्तराष्ट्रिय संचारमाध्यबाट

नेपालको पर्यटन प्रर्वद्धन अन्तराष्ट्रिय संचारमाध्यबाट
Nepal-Toursim-Boardभदौ–१ । नेपाल पर्यटन बोर्डले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय संचारमाध्यमहरुमा विज्ञापन तथा प्रमोसन गर्ने भएको छ । चालू आर्थिक वर्षमा १४ करोड २५ लाख रुपैयाँ खर्च विज्ञापन र प्रमोसनमा गर्ने भएको हो । बोर्डले व्रिटिश बोर्डकास्टिङ कर्पोरेशन (बीबीसी)मा ९ करोड रुपैयाँ खर्च गरेर नेपालको पर्यटन प्रर्वद्धन गर्ने भएको हो । त्यस्तै पर्यटन प्रर्वद्धनमा पर्यटनसम्वन्धि विश्वविख्यात अनलाईन ट्रिप एडभाइजरमार्फत २ करोड ५० लाख रुपैयाँ खर्च गर्ने जनाएको छ । चालू आर्थिक वर्षको १ अर्ब १२ करोड रुपैयाँको बजेटमा ९ करोड रुपैयाँ बीबीसीमा पर्यटन सम्वन्धि कार्यक्रमका लागि र उच्च प्रविधिको एचडी क्वालिटिको नेपालसम्वन्धि भिडियो बनाएर प्रसारण गरिने जनाइएको छ । त्यस्तै ५ करोड रुपैयाँ क्षेत्रीय तथा छिमेकी देश भारत र चीनका टेलिभिजनमार्फत पर्यटन प्रवद्धनको विज्ञापन गर्ने र २५ लाख रुपैयाँ देशका अनलाईन, टिभी, रेडियो, पत्रीका र स्मारिका लागायतमा खर्च गर्ने उल्लेख गरिएको छ । बोर्डको यो वर्षको बजेट सामाजिक सन्जाल र डिजिटल मार्केटमार्फत खर्च गर्न केन्द्रित रहेको छ । बोर्डले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक संजालमार्फत पर्यटन प्रर्वद्धन गर्ने योजना अगाडि सारिसकेको जानकारी दिएको छ । पर्यटन बोर्डले अन्तर्रा्ष्ट्रिय समाचार एजेन्सी रोयटर्समार्फत नेपालमा विभिन्न टोलीलाई भ्रमण गराएर नेपालको प्रवद्धन गर्न ८० लाख रुपैयाँ खर्च गर्ने गरी बजेट तय गरेको छ ।

BBC NTB

विशेष