अपराध सुरक्षा

ज्योती मगर प्रहरीको शरणमा

ज्योती मगर प्रहरीको शरणमा
Jyoti_Magar5518

भदौ २ । गायिका ज्योति मगर कसैले आफ्नो फेसबुक ह्याक गरेर अश्लील सामग्री पोस्ट गर्न थालेपछि कारबाहीको माग गर्दै महानगरीय प्रहरी अपराध महाशाखा पुगेकी छन् । गायिका मगरले बुधबार दिउँसो टेकूस्थित महानगरी प्रहरी अपराध महाशाखा पुगेर आफ्नो फेसबुक अकाउन्ट ह्याक गरी प्रोफाइल पिक्चरदेखि टाइमलाइनसम्ममा अश्लील फोटो पोस्ट भएकाले अनुसन्धान गरी कारबाही गर्न अनुरोध गरेकी छन् ।

ह्याकरले अश्लील सामग्री पोस्ट गर्ने तथा जथाभावी म्यासेज पठाएर अनफ्रेन्ड तथा ब्लक गर्न थालेपछि उनी कारबाहीका लागि प्रहरी शरणमा पुगेकी हुन् । गायिका मगरले ह्याकरलाई कारबाही गर्न अनुरोध गर्दै उजुरीसमेत दिएकी छिन् । कार्यक्रमदेखि सामाजिक संजालसम्म राम्रो फ्यान बनाएकी ज्योती केही समयअगाडि नै फ्यान पेज बन्द भएपछि व्यक्तिगत फेसबुक चलाउँदै आएकी थिइन् । नेपाल समाचारपत्रबाट

jyoti magar

विशेष