अर्थ पर्यटन

४ वर्षपछि नेपाल एयरलाइन्स दुबईका लागि उड्दै

४ वर्षपछि नेपाल एयरलाइन्स दुबईका लागि उड्दै

Nepal Airlince ४ वर्षपछि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले संयुक्त अरब इमिरेट्सको दुबईमा सीधा उडान थाल्दैछ । आज राति साढे ११ बजे नेपाल एयरलाइन्सको एयरबस दुबइका लागि उड्ने छ ।पुनः दुबई उडान सुरु भएको अवसरमा पहिलो फ्लाइटका यात्रुलाई ‘स्पेशल ट्रिट’ दिने योजना बनाएको निगमले बताएको छ । नेपाल एयरलाइन्सले नेपालीको प्रमुख रोजगार गन्तब्य दुबईमा निगमले साताको तीन उडान गर्नेछ ।

एक सय ५८ सिट क्षमताको ए–३२० एयरबसमार्फत दुबईमा उडान भर्ने तयारी भएको छ । काठमाडौंबाट आइतबार, मंगलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ । नेपाल एयरलाइन्सले दुबई उडानबाट वाषिर्क एक अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । निगमले एक वर्षमा यो उडानमार्फत ४० हजार बढी यात्रुलाई सेवा दिनेछ ।

विसं २०४१ माघदेखि दुबईमा सुरु भएको निगमको व्यवसायिक उडान सन् २०१२ अगस्टदेखि बन्द भएको थियो । निगमकाअनुसार काठमाडौंबाट दुबई उडान अवधि चार घन्टा ४० मिनेटको हुन्छ । हवाइ यात्रा गर्दा दुबईबाट काठमाडौं आउन चार घन्टा १५ मिनेट समय लाग्छ ।

हाल नेपाल एयरलाइन्सले अहिले क्वालालम्पुर, हङकङ, बैंकक, नयाँदिल्ली, बैंगलोर, मुम्बई र दोहामा उडान गर्ने गरेको छ । निगमले एकदेखि डेढ वर्षभित्रै दुई वाइडबडी जहाज ल्याउन तयारी भइरहेको बताएको छ ।

Nepal Airlince Nepal-dubai

विशेष