अपराध सुरक्षा

नाति मारेको आशङ्कामा हजुरआमा पक्राउ

नाति मारेको आशङ्कामा हजुरआमा पक्राउ
भदौ - २ । इलाका प्रहरी कार्यालय सुलिचौरले आफ्नै नाति मारेको आशङ्कामा मामाघरकी हजुरआमालाई पक्राउ गरेको छ ।   जेदवाङ गाविस– ८ राङजातकी ६० वर्षिया मनसरी विकले आफूसँगै बस्दै आएका १० वर्षीय नाति दिनेश बुढालाई मारेको आशङ्कामा बुढाकी हजुरआमा विकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शशीधर अधिकारीले जानकारी दिए । गत साउन २७ गते घर नजिकैको रुखमा बुढा भुन्डिएर मरेको भनी उजुरी परेपछि प्रहरी निरीक्षक अधिकारीको नेतृत्वमा घटनास्थल पुगेकोे प्रहरी टोलीले मुचुल्का उठाई शव परीक्षणका लागि जिल्ला अस्पताल रेउघालाई जिम्मा लगाएको थियो । बुढाको रहस्यमय ढङ्गबाट मृत्यु भएको देखिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक केशवबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार जिल्ला अदालत रोल्पाले थप अनुसन्धानका लागि बुधबार पाँच दिन म्याद थप गरी हजुरआमा मनसरीलाई प्रहरीको जिम्मा लगाएको छ । मृतक बुढा मामाघरमा बस्दै आएका थिए । रासस

pakrao Pakraow

विशेष