अर्थ

आउँदो हिउँददेखि नै लोडसेडिङ अन्त्यको दिशामा जाँदैछ मुलुक

आउँदो हिउँददेखि नै लोडसेडिङ अन्त्यको दिशामा जाँदैछ मुलुक

loadsheddingभदौ ३ । चालु आर्थिक वर्षभित्र नेपाल विद्युत प्राधिरणको केन्द्रीय प्रसारण लाइनमा १ सय ८५ मेगावाट बिजुली थपिने भएको छ । निजी प्रवद्र्धकले निर्माण गरिरहेको आयोजना अन्तिम चरणमा रहेकोले उक्त परिमाणको बिजुली थपिने देखिएको हो ।

प्राधिकरणको केन्द्रीय प्रणालीमा गत आवमा जम्मा ३०. ९७ मेगावटा बिजुली थपिएको थियो । प्राधिकरणले निर्माण १४ मेगावाटको कुलेखानी तेस्रो, ३० मेगावाटको चमेलिया, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए, र ३२ भेगावाटको राहुघाट लामो समयदेखि निर्माणाधीन छन् । तर, ती आयोजना चालु आवमा पूरा हुने अवस्था छैन ।

सरकारले आगामी हिँउदसम्म स्वदेशबाट २ सय मेगावाट उत्पादन हुने र बाँकी भारतबाट आयाग गरेर आधारभूतरुपमा लोडसेडिङ घटाउने महत्वाकांक्षी योजना बनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने आउँदो हिउँदमा स्वदेशी उत्पाद र भारतबाट आयात गरेर लोडसेडिङ नगन्य अवस्थामा राख्ने दाबी गरेका छन् । हिउँदसम्म कोहलपुर पश्चिम र ढल्केबरबाट पूर्वमा लोडसेडिङ नगन्य हुन्छ तर मध्ये क्षेत्रमा लोड बढी भएकोले दैनिक सात घन्टासम्म झारिने छ –उनले भने । नागरिक दैनिकबाट

विशेष