यौन-शिक्षा

गर्भ रहेन ? कारण र उपाय यस्तो रहेछ

गर्भ रहेन ? कारण र उपाय यस्तो रहेछ

sexul love picture

कतिपय स्थितीमा पहिलो वा एक मात्र यौनसंपर्क मै गर्भ रहन्छ , तर सधै यस्तो हुँदैन गर्भ रहनका लागि सबै भन्दा पहिले शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको समय हुनु आवश्यक छ । महिलाको डिम्ब महिनाको एकपटक मात्र निस्किएको हुन्छ । डिम्ब निस्किएको तयस्तै १४ दिन पछि महिनावारी हुने गर्दछ । यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४ दिनमा महिनावारी भएको महिलाको १४ औ दिन तिर डिम्ब निस्कने भएकाले उक्त समयमा यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । डिम्ब निस्किएको यस्तै ४८ घण्टा बाँच्छ भने महिलाको प्रजनन अंगभित्र सुक्रकिट ७२ घण्टा वा त्यो भन्दा बडी बाँच्न सक्छ ।

त्यसैले डिम्ब निस्कने केही अघिको र केहि दिन पछिको समयलाई गर्भ धारणको दृष्टीले असुरक्षित समय मानिन्छ । महिला र पुरुषको बराबरी भुमिकाका आधारमा गर्भ रहन्छ । पछिल्लो समय बाझोपनका समस्या लिएर अस्पताल धाउनेको संख्या बृद्धि हुदै गइरहेको छ । काठमाडौ मेडिकल कलेजमा हरेक दिन डेढ दुई सयजना बिरामीमध्ये ८ जना निशन्तान आमा आउने गरेको उनले बताइन् । कस्तो अवस्थामा गर्भ रहन्छ, सन्तान जन्माउन सही समय कहिले हो ? महिलाको गर्भधानका लागि डिम्ब वाहिनी नली र यौनमार्ग पनि खुलेको हुनुपर्दछ अन्यथा गर्भरहने सम्भावना कम हुन्छ ।

महिला वा पुरुषको गर्भ रहनुमा कस्को बढी भुमिका हुन्छ ?

गर्भरहने बिषय महिला र पुरुष दुबैको उत्तिकै भुमिका हुन्छ । गर्भरहने कार्यमा ४० प्रतिशत पुरुषको हुन्छ भने ४० प्रतिशत महिलाको हुन्छ र ३ प्रतिशत जति यौनसम्पर्क गर्न नजानेका कारण पनि गर्भरहने सम्भावना हुदैन । महिलाले कुन उमेरमा गर्भ धारण गर्दा उचित हुन्छ ? विशेषगरी महिलाले २० देखी ३० बर्षसम्मको उमेरभित्र बच्चा जन्माउँंदा राम्रो हुन्छ । किनभने उमेर बढदै जाँंदा महिलामा उमेरजन्य रोग लाग्न सक्दछन् । जस्तो ब्लडप्रेसर हाई हुनु , सुगर बढनु, जोर्नी दुख्ने, मांसपेशी कडा हुने रोगका कारण गर्भ रहयो भने पनि जोखिम बढी हुन्छ । पछि समस्या नआओस भन्नका लागि समयमै गर्भधारण गरेको राम्रो ।

उमेर बढदै जाँंदा स्वास्नी मानिसमा डिम्ब घटदै पनि जानसक्छ या डिम्ब विकास नहुन पनि सक्दछ । पुरुषमा विविध इनफेक्सनले शुक्रकिट उत्पादनमा पनि कमि आइरहेको हुन्छ तसर्थ समयमै बच्चा जन्माउँंदा राम्रो हुन्छ ।

sex

विशेष