ताजा खबर पर्यटन

गोसाइकुण्ड मेला सकियो, १० हजार भक्तजन सहभागी

गोसाइकुण्ड मेला सकियो, १० हजार भक्तजन सहभागी

gosai kunda

भदौ ३ । प्रत्येक वर्ष जनैपूर्णिमाका दिन लाग्ने गोसाइँकुण्ड मेला सकिएको छ । एकादशीदेखि साउन शुक्ल पूर्णिमासम्म लाग्ने मेलामा करिब १० हजार भक्तजन सहभागी भएको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ । समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार गत वर्ष भूकम्पका कारण तीर्थयात्री घटे पनि यस वर्ष अघिल्ला वर्षहरूकै जस्तो तीर्थयात्री आएका हुन् ।

उनले यस वर्ष करिब १५ हजार हाराहारीमा दर्शनार्थी आउने अनुमान गरिएको बताए । समुद्री सतहबाट चार हजार तीन सय मिटरको उचाइमा रहेकाले मेला भर्न आउनेलाई लेक लाग्ने भएकाले सेना, प्रहरी र सशस्त्र प्रहरीसहित आवश्यक मात्रामा स्वास्थ्य टोली खटाइएको थियो । चन्दनबारी र चोलाङपाटीमा लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नारायण दल गण र गोसाइँकुण्डमा हिमालय उद्धार संघले स्वास्थ्य शिविर सञ्चालन गरेका थिए । यात्रुलाई पर्नसक्ने समस्यालाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटी र नेपाल स्काउटका स्वयंसेवकसमेत परिचालन गरिएको थियो ।

Gosai kunda Mela

विशेष