अर्थ

सरकारी लापरबाहीका कारण बजारमा पेट्रोल पाइएन

सरकारी लापरबाहीका कारण बजारमा पेट्रोल पाइएन

petrol pompभदौ ४ । नेपाल आयल निगमको लापरबाहीका कारण बजारमा पुनः इन्धनको अभाव देखिएको छ । मन्त्रीभएलगत्तै बजार अनुगमन बढाउन थालेका आपूर्र्तिमन्त्री दीपक बोहराले पनि बिनाकारण बजारमा पेट्रोल अभाव हुँदा पनि कुनै काबाही गरेका छैनन् । झन्डै ५ दिनदेखि उपत्यकामा रहेका अधिकांश पेट्रोल पम्पमा ‘पेट्रोल छैन’ को सूचना टाँसिएका छन् ।

केही सरकारी स्वामित्वमा सञ्चालित पम्पमा वितरण भए पनि सर्वसाधारको भीड अत्यधिक छ । ‘पेट्रोल खोज्न बिहानै घरबाट निस्कें । गोंगबु, सामाुखसी, बसुन्धरा, महारजागन्ज, सुकेधारा, चाबहिल, मित्रपार्क, लगायत पेट्रोलपम्पहरु बन्द थिए, –मनमैजुका कविन अधिकारीले भने, ‘पम्प बन्दले धेरै दुःख पाएँ । ’ कान्तिपुर दैनिकबाट

विशेष