अर्थ

फोहोरबाट ग्यास निकाल्ने प्लान्ट एकसाताभित्र काठमाडौं आइपुग्ने

फोहोरबाट ग्यास निकाल्ने प्लान्ट एकसाताभित्र काठमाडौं आइपुग्ने

bio gas plantभदौ ४ । एक साताभित्र बायोग्यास निकाल्ने यन्त्र काठमाडौं आइपुग्ने भएको छ ।

जैविक फोहरको उचित व्यवस्थापन गर्न बायोग्यास निकाल्ने तयारीस्वरुप अहिले यन्त्र वीरगन्ज आइपुगिसकेको र एक साताभित्र काठमाडौं आइसक्ने काठमाडौं महानगरपालिका, वातावरण व्यवस्थापन महाशाखा प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार यन्त्र आएसँगै ग्यास उत्पादनको काम शुरु हुन्छ । कामपाका वडा नं २१, १२, १९ र २० मा संकलन गरी छुट्याइएको कुहिने र नकुहिने फोहरबाट दैनिक ३०० टन फोहर प्रयोग गरी १४ किलोवाट बायोग्यास निकाल्ने तयारी महानगरको छ ।

बायोग्यास प्लान्ट राख्न युरोपेली संघकोे ८० र कामपाको २० प्रतिशत लगानी गर्ने सम्झौता भएको बताइएको छ । सो पहिलोे नमुना परियोजना हो । टेकुमा राख्न लागिएको सो योजना सफल भएमा अन्य स्थानमा पनि विस्तार गरिने कामपाले जनाएको छ । फोहरको उचित व्यवस्थापनसँगै सहरलाई फोहरबाट मुक्त गर्न लागिएको छ । दिगो रूपमा फोहरमैला व्यवस्थापनका लागि विभिन्न किसिमको अध्ययन पनि भइरहेको कामपाले जनाएको छ । कामपामा कुहिने र नकुहिने गरी दैनिक ४५० टन फोहर संकलन हुने गरेको ६३ प्रतिशत जैविक हुने गरेको छ ।

विशेष