करोडौं असुलेर मान्छे विदेश पठाउने पूर्वसभासद र जनजाति महासंघका उपाध्यक्ष अनुशन्धानमा तानिए
भदौ ५ । पूर्वसभासद तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पा र वर्तमान उपाध्यक्ष डन्डु शेर्पा अवैध मावन ओसारपसारमा तानिएका छन् ।
उनीहरु सांस्कृतिक कार्यक्रमको आवरणमा तीन करोड ९० लाख रुपैयाँ असुलेर १३ जना गैर कलाकारलाई कलाकार भन्दै मेक्सिको पुर्याई उतै छाडेर आएको आरोप लागेको छ ।
पासाङ पूर्वसभासद तथा नयाँ शक्ति नेपालका सचिवालय समदस्यसमेत हुन् । मेक्सिकोमा आयोजित हिमाली आदिवासी जनजातिको संस्कृति आदानप्रदान कार्यक्रममा सहभागी गराउन गत चैतमा पासाङ र डन्डुले १३ जनालाई त्यहा लगेका थिए । कान्तिपुर दैनिकबाट