यो काम सरकारले गर्न सक्यो भने वास्तवमै उपत्यकाको मुहार फेरिनेछ
भदौ ५ । उपत्यकामा अर्वान केबलकार सञ्चालनका लागि एक विदेशीसहित तीन कम्पनी तयार भएका छन् । अबको तीन वर्षभित्र केबलकार सञ्चालन गर्न उनीहरु सरकारसमक्ष प्रस्तावसमेत गरेका छन् । फ्रान्सेली कम्पनी पोमा एन्ड एसएएस, पञ्चकन्या ग्रुप, कालिका कन्ट्रक्सन, र नेपाल फ्रान्स चेम्बर अफ कमर्सका अध्यक्ष श्याममोहन श्रेष्ठ उपत्यकामा केबलकार सञ्चालन गर्न सहमत भएका छन् । अबको तीन वर्षभित्र उपत्यकामा केलबकार सञ्चालन गर्न उनीहरुबीच सम्झौतापत्रमा हस्ताक्षर पनि भइसकेको छ ।
सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार बौद्धनाथदेखि विष्णुमतीसम्मको लाइनमा २ सय ५० वटा कार राखिनेछ । प्रत्येक कारले १२ जना यात्रु बोक्न सक्नेछ । कारले प्रत्येक १५ सेकेन्डमा स्टेसन ओहोर दोहोर गर्ने गर्ने छ । कारले प्रतिदिन ७० हजारभन्दा बढी यात्रुलाई सुविधा दिनेछ । केबलकार सञ्चालनपछि सडकको ट्राफिक जाम ३० देखि ४० प्रतिशत घटनेछ । यसका लागि १० देखि १२ अर्ब रुपैया खर्च हुनेछ । नयाँ पत्रिकाबाट