यातायात व्यवसायीको दबाबमा बेथिति हटाउन तयार पारिएको नियमावली नै गायब हुन्छ यो मुलुकमा
भदौ ६ । यात्रुबाहक बसका चालक कम उमेरका र अनुभवहीन हुँदा दुर्घटना बढेको निष्कर्ष निकाल्दै सरकारले डेढ वर्षअगाडि चालकलाई कस्ने नयाँ नियम ल्यायो । यातायात क्षेत्रको बेथिथि र मनोमानी रोक्दै सार्वजनिक यातयाात चालकलाई जिम्मेवार बनाउन ०७१ मंसिर २५ गतेको मन्त्रिपरिषद बैठकले सार्वजनिक सवारी चालक नियमावली, २०७१ पारित गरेको थियो । तर, दुई वर्ष पुग्नै लाग्दा पनि भौतिक पूर्वाधार तथा यातायात कार्यालयले तयार पारेको उक्त नियमावली कार्यान्वयनमा आउन सकेको छैन । यहाँसम्म कि मन्त्रालयका कर्मचारी नै अहिले उक्ता नियमावली कहाँ छ, बेखबर छन । मन्त्रायका सूचना अधिकारी सुन्दर भट्टराई आफूलाई नियमायवलीबारे कुनै जानकारी नभएको बताउँछन् । नागरिक दैनिकबाट