अर्थ समाज

युनियनको भवन निर्माणका लागि रु २५ लाख सङ्कलन

युनियनको भवन निर्माणका लागि रु २५ लाख सङ्कलन
Press भदौ ६ । चितवनका एक व्यवसायी केशव कार्कीले नेपाल प्रेस युनियन चितवनको भवन निर्माणका लागि रु पाँच लाख सहयोग गरेका छन् । आइतबार चितवनको भरतपुरमा एक कार्यक्रमका बीच प्रभु हाउजिङका सञ्चालक कार्कीले प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारीलाई सहयोग रकमको चेक हस्तान्तरण गरे । चेक हस्तान्तरणपछि कार्कीले पत्रकारको संस्थालाई सहयोग गर्न पाउँदा खुसी लागेको भन्दै अन्य पत्रकारसंग सम्बन्धित सङ्घ सङ्गठनलाई समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।  चितवनको भरतपुर बसेनीमा निर्माण हुँदै गरेको भवन पूर्ण गर्न रु ४५ लाख लाग्ने अनुमान गरिएको छ । अहिलेसम्म भवन निर्माणका लागि नगद तथा निर्माण सामग्री गरी रु २५ लाख बराबरको सहयोग प्राप्त भइसकेको छ ।

Press Union

विशेष