ओटोमोबाइल

भदौं १४ बाट नाडा अटो शो

भदौं १४ बाट नाडा अटो शो

Nada-auto-show

भदौ ६ । भदौं १४ गतेदेखि १९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा ११ औं नाडा अटो शोको आयोजना हुने भएको छ । नाडा अटो शोमा प्रख्यात ब्राण्डका सवारी साधन, पार्ट पुर्जा तथा अन्य एसेसोरिजहरु समावेश गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । शोमा अटोमोबाइल्सका नयाँ मोडल तथा नयाँ प्रविधिहरूको एकै थलोमा प्रदर्शन हुनुका साथै नाडा डिलर, उत्पादक, विक्रेता र उपभोक्ताको जमघटको अवसरका रुपमा रहनेछ ।

मेलामा ७४ वटा कम्पनीका १२५ वटा स्टलहरू रहने बताईएको छ  शोमा १६ वटा ब्राण्डका चार पाङग्रे, १५ वटा ब्राण्डका दुई पाङग्रे तथा ५ वटा ब्राण्डका हेवी कमर्शियल सवारी साधनहरू रहने छन् ।

Mada Show

विशेष