अपराध सुरक्षा

घुस दिन बोकेको १० लाखसहित नयाँशक्तिका नेता अख्तियारद्वारा पक्राउ (भिडियो सहित)

घुस दिन बोकेको १० लाखसहित नयाँशक्तिका नेता अख्तियारद्वारा पक्राउ (भिडियो सहित)
father-son-caught-by-akthiyar-nepalaaja भदौ ६ । घुस दिने खोजेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दरबारमार्ग स्थित रेड कार्पेट रेस्टुरेन्टमा दुई बाबु– छोरालाई पक्राउ गरेको छ । बारम्बार ‘पैसा दिन्छु, हाम्रो पक्षमा मुद्धा मिलाईदेऊ’ भनेपछि अख्तियारले रेड कार्पेट रेस्टुरेन्टमा बोलाएर १० लाख नगदसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा अखिल नेपाल हिमाली बौद्ध संघका बर्तमान अध्यक्ष सोनाम छिरिङ शेर्पा र उनका छोरा बुद्ध एकेडेमी आवसीय माध्यमिक बिद्यालयका अध्यक्ष सोनाम हाङछिरिङ शेर्पा रहेका छन् । अख्तियारका डिएसपी रविराज खड्का र हरिबहादुर पोखरेलको नेतृत्वमो गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । [embed]https://youtu.be/6plW0QIxg6I[/embed] पक्राउको नालीबेली अख्तियार अनुसन्धान आयोगको अनुसन्धान अधिकृतका अनुसार सोनाम छिरिङ शेर्पा र उनको छोराविरुद्ध मुद्धा थियो । बुद्ध एकेडेमी आवसीय माध्यमिक बिद्यालयका पूर्वअध्यक्ष नरबहादुर बुढाथोकी पनि उनीहरुको साथमा थिए । बुढाथोकी पूर्व स्थानीय विकास राज्य मन्त्री थिए । सो मुद्धा मिलाउन अख्तियारलाई पटक पटक आर्थिक प्रलोभन देखाएका कारण अपरेसन नै गरेर पक्राउ गरिएको अनुसन्धान अधिकृतहरुले जनाएका छन् । मुद्धा विपक्षी आङनिमा शेर्पा, महावीर तामाङ, नोर्फू वाङदे तामाङसँंग भएको पक्राउ पर्ने बाबु छोराले बताएका छन् । मुद्धा मिलाउन किन पैसा दिनु प¥यो भनेर अख्तियारले भन्दा ‘हामीले सबै ठाउँ मिलाईसक्यौं तपाईहरुले मिलाए पार पाउँछौ आउनुस् मिलौ ।’ भनेर सोनामले भनेपछि पक्राउ गर्ने उदेश्यले नै त्यहा गएको अधिकृतहरु बताउँछन् । जुन सफल भएको उनीहरुको दाबी छ । father-son-corruption-1-nepalaaja पैसा दिने क्रममा पूर्वराज्यमन्त्री बुढाथोकी पनि गएका थिए । तर उनी ट्वाईलेट जान्छु भनेर भागेपछि उनलाई पक्राउ गर्न नसकेको अनुसन्धान अधिकृत बताउँछन । मुद्धा मिलाउने भनेर उनीहरुलाई बोलाइएको उनीहरुको भनाई छ । बुद्ध एकेडेमी आवसीय माध्यमिक बिद्यालयको अवस्था अत्यन्त नाजुक छ । विद्यालय तीन महिनादेखि बन्द अवस्थामा रहेको छ । शिक्षकहरुले बैशाखदेखि तलबसमेत पाएका छैनन् । । उक्त बिद्यालयको विदेशी दातृ निकायबाट चलेको देखिएको छ । त्यसैले भ्रष्टाचार गर्न बाबु बिद्यालय सञ्चालन गर्ने मातृ सस्थाको अध्यक्ष, छोरो स्कुलको र ज्वाई सचिव बनाएर भ्रष्टाचार गरेको अनुसन्धान अधिकृतको आरोप छ । उनीहरुले पैसा दिएको ,देखी लिएर अन्य कल रेकर्ड अख्तियारसंग सुरक्षित समेत रहेको उनीहरुले दाबी गरेका छन । बाबु छोराको कुरा बेग्लै पक्राउ पर्ने बाबु–छोरा आफुलाई बिरोधीहरुले फसाएको बताएका छन् । उनीहरुले आईतबार पनि रेड कार्पेटमा अख्तियार अनुसन्धान अधिकृतसंँग भेट गरेको बताएको छन् । अनुसन्धान अधिकृतहरुले सोमवार आउनुस तपाईहरुको विरोधीसँंग बसेर मुद्धा मिलाउँछौ भनेकाले बाबु छोरा आएको बताउँछन । उनीहरु भन्छन ‘ यो सोह्रैै आना गैरकानुनी रुपमा अख्तियारले विरोधीरुसँंग पैसा लिएर आफुहरुलाई फसाएको हो । हामीले पैसा दिएकै छैन । हामीसंँग पनि कल रेकर्ड सुरक्षित छ । पैसा अनुसन्धान अधिकृतले आफ्नै ज्याकेटबाट झिकेको हो, हामीलै हैन ।’ उनीहरुले थपे ‘यो सब यीनीहरुको हामीलाई फसाउने चाल हो ।’ आफुहरुले पैसा दिएको प्रमाण भए तुरुन्त देखाउन समेत बाबु छोराले माग गरेका छन् । किन फसाउन खोजे त उनीहरुलाई पक्राय पर्ने बावु छोराका अनुसार उनीहरुको विरोधीले बुद्ध एकेडेमी आवसीय माध्यमिक बिद्यालयको करौडौं हिनामिना गरेका थिए । सो कुरा उनीहरु आएपछि खोल्ने डरले उनको विराधीहरुले अख्तियारसंँग मिलेर फसाएको बताउँछन् । सोनाम छिरिङ शेर्पा ठोकुवा गर्दै भन्छन ‘अख्तियारले उनीहरुसंँग पैसा खाएर हामीलाई फसाएको हो ।’ विपक्षसँंग अख्तियार मिलेर स्कुलको खाता समेत सञ्चालन गर्न नदिएको उनीहरुको आरोप छ । तिनीहरुले करौडौं घुस खाएको अख्तियारको अनुसन्धानमासमेत आएको सोनाम बताउँछन । तर , अख्तियारले उनीहरुलाई किन कारबाही गरेन ? उनको प्रश्न छ । उनीहरु बारम्बार भन्छन् ‘हाम्रो विपक्षी आङनिमा शेर्पा, महावीर तामाङ, नोर्फू वाङदे तामाङ र अरु पनि छन् ।’ [embed]https://youtu.be/uQjpxktAu34[/embed] को हुन सोनाम छिरिङ शेर्पा अख्तियार अनुसन्धान अधिकृत हरिबहादुर पोखरेलका अनुसार सोनाम छिरिङ शेर्पा सोलुखुम्बु जिल्लाको हुन् । उनले पहिले राप्रपाबाट चुनाव हारेका थिए । पछि उनी स्वतन्त्रमा पनि चुनाव लडे । हाल उनी बावुराम भट्राईको नयाँ शक्तिमा छन् । त्यसको साथसाथै नेपाल हिमाली बौद्ध संघका बर्तमान अध्यक्ष पनि हुन । प्रस्तुति: सागर बुढाथोकी

akhil nepal himali bouddha sangh akthiyar durupayog anusandhan aayog buddha academy awasi madhyamik bidhyalaya father son caught red handed Naya Shakti Nepal sonam aang chiring sherpa and sonap hang chiring

विशेष