अर्थ

निर्देशिका तयार भएको ३९ महिना पनि सुनचाँदी निर्देशिकका जारी भएन

निर्देशिका तयार भएको ३९ महिना पनि सुनचाँदी निर्देशिकका जारी भएन

gold भदौ ७ । ३९ महिना बितिसक्दापनि सुनचाँदी निर्देशिका जारी हुन सकेको छैन् । तयारी नपुगेको भन्दै निर्देशिका जारी हुन सकेको छैन् । सुनचाँदी व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन निर्देशिका आवश्यक परेको छ ।सुनचाँदी, हिरा तथा अन्य बहुमुल्य धातुको कारोबार, गुणस्तरीयता, आयात–निर्यात, प्रयोगशाला निर्माण लगायतका विषयमा ठोस नीति सहित निर्देशिका तयार पार्न २०७० साल असारमा वाणिज्य तथा आपुर्ति मन्त्रालयका उप–सचिव नुतराज पोखरेलको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन भएको थियो ।

कार्यदलमा सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी, रत्न तथा आभुषण महासंघका दुई–दुई जना प्रतिनिधि रहनेगरी अर्थ, कानुन, उद्योग तथा वाणिज्य तथा आपुर्ति मन्त्रालयका प्रतिनिधि रहेका छन् । यसबीचमा कार्यदललले पटक–पटक बैठक बसी समस्याको धेरै हदसम्म समाधान निकालेको पनि छ । कार्यदलको अन्तिम बैठक अघिल्लो वर्षको असोजमा बसेको थियो ।

छिटो–छिटो सरकारी अधिकारी परिवर्तन हुने, नयाँ अधिकारीले जिम्मेवारी लिन नचाहने र विज्ञताको कमीको कारणले पनि निर्देशिका जारी हुन नसकेको हो । सरकारले सुनचाँदीलाई गहनाको रुपमा मात्रै प्रयोग हुने वस्तुको रुपमा बुझ्दा समस्या उब्जिएको व्यवसायी बताउँछन् ।

gold

विशेष