बीमाबाट पैसा उठाउन गुण्डाको प्रयोग !
भदौ ७ । बीमा समितिले निर्देशिका जारी गर्छ । त्यसआधारमा बीमा कम्पनीहरुले पोलिसी बनाउँछन् । नियामक संस्थाले बनाएको निर्देशिका लागू गर्न (गरेको देखाउन)बीमा कम्पनीहरुले बिज्ञापन पनि गर्छन । पोलिसी किन्न जाँदा कृषकले पोलिसी किन्न पाउँदैनन् । सरकारले प्रिमियममा ७५ प्रतिशत अनुदान दिएको छ । जसरी पल्सर बाइक धेरै हराउने हँुंदा बीमा कम्पनीहरुले बीमा गर्न आनाकानी गर्छन त्यसरी नै कृषकहरुले आफ्नो बाली र गाईवस्तु बीमा गर्न जाँदा कम्पनीहरुले बीमा गर्न आनाकानी गर्छन भन्ने गुनासो छ ।
किन गर्दैनन् बीमा ? बाली र गाईवस्तु बीमा सस्तो छ । साथै सरकारले ७५ प्रतिशत अनुदान पनि दिएको छ । यस दृष्टिले हेर्दा यो बीमा लोकप्रिय हुनु पर्ने हो । तर खासै लोकप्रिय हुन सकेको छैन । कृषिप्रधान देशमा बाली र गाईवस्तु बीमा ल्याउनु, अनि यसले खासै लोकप्रियता कमाउन नसक्नुको भित्री रहस्य यस्तो छ ।
१. सरकारले ७५ प्रतिशत अनुदान प्रिमियममा दिएको हो । प्रिमियममा अनुदान दिएकोे कारण पोलेसी सस्तो हुन पुग्यो । धेरैले खरीद गर्न सक्ने भए । तर दाबी धेरै पर्ने हुँदा बीमा कम्पनीहरुले बीमा गर्न मान्दैनन । बिज्ञहरु भन्छन् ‘बीमा कम्पनीहरु नाफा कमाउन आएका हुन् । जहाँ नाफा हुने हो त्यहाँ व्यापार गर्ने हो । यो समस्या समाधान गर्न प्रिमियममा हैन दाबीमा आनुदान दिनु पर्छ सरकारले ।’
२. बीमा गर्ने धेरै चलन छैन नेपालमा । ग्राहकको अनुपातमा बीमा कम्पनीहरु धेरै छन् नेपालमा । प्रतिस्पर्धा धेरै भएको कारण बीमाको शुल्क थोरै छ । दाबी बमोजिम भुक्तानी गर्न नै नसकिने मूल्य भए पनि बीमा गर्ने गरेका छन् । यस्तोमा जब दाबी पर्छ, त्यो बेला भुक्तानी गर्न समस्या हुन्छ । त्यसैले धेरै जोखिम भएको ठाउँमा बीमा गर्न आनाकानी गर्ने चलन छ । कम जोखिम भएको ठाउँमा मात्र बीमा गर्ने गर्दछन् बीमा कम्पनीहरुले ।
३. बीमा नियामक संस्थामा पनि बिज्ञताको कमी छ । यसले नेपाल राष्ट्र बैंकको सिको गर्न खोज्छ । पुरै तयारी नगरि हचुवाको भरमा निर्देशिका जारी गर्ने गरेको बिज्ञहरु बताउँछन् । बीमा समिति प्राविधिक नियामक संस्था हो । यहाँ राजनीतिक प्रभाब छ । बिज्ञहरुको कमी छ ।
बीमा समितिले निर्देशिका बनाएको छ । नन लाईफ इन्सुरेन्स कम्पनी (र्निजीबन)ले गर्ने बीमा अनिवार्य हुँदैन । स्वेच्छिक नै हो । बीमा पोलेसी खरिद गर्दा कृषकहरुले कठिनाई भएको, खरिद गर्न नपाएको जस्ता गुनासो गर्दै आएका छन् । बीमा समितिका उपनिर्देशक पुजन ढुंगेल बीमा गर्न चाहनेहरुसँग समितिले बेला बेला अन्तरक्रिया गरिरहेको बताउँछिन् । ढुंगेलका अनुसार कृषिमा अभिकर्ता हुन एक दिन तालिम लिए पुग्छ, कृषकलाई बीमामा आकर्षित गर्न प्रक्रियाहरु पनि कम झम्झटीला बनाइएको छ । सोध्न आउनेहरुलाई पनि पर्याप्त जानकारी दिने गरिएको छ ।’
नेपालमा बीमा धेरैले गराउँदैनन् । बीमामा आकर्षित गर्न यससम्बन्धी जानकारी अधिकभन्दा अधिक जनतामा पुर्याउँनु पर्छ ।
जहाँसम्म कृषकका लागि बीमाको कुरा छ, यसमा बीमा कम्पनीका पनि आफ्नै समस्या छन्ः बीमा कम्पनीका समस्या १. फर्जी दाबी धेरै पर्ने गरेको । २. गुण्डाहरुले दाबी पास गर्न दबाब दिने गरेको । ३. जोखिम कम गर्ने हैन बीमाबाट नाफा कमाउन खोज्छन् बीमकहरु । ४. बीमा पास गर्न नेतादेखि डनहरुको फोन आउने गरेको छ ।