अपराध सुरक्षा

गृह मन्त्रालय निधिको हातमा हुँदा तराई टुक्रा पार्न खोज्ने सिके सल्बलाए

गृह मन्त्रालय निधिको हातमा हुँदा तराई टुक्रा पार्न खोज्ने  सिके सल्बलाए

Bimalenda

भदौ ७ । ओली सरकार ढल्ने निश्चित भएपछि भारतीय मिडियाहरुले नेपालमा भारतमैत्री सरकार बन्ने भन्दै ‘गुड न्यूज’ लेखेका थिए ।

ओली सरकार ढल्यो, प्रचण्ड सरकार गठन भयो । गृहमन्त्री बनेका छन् नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि । निधि गृहमन्त्री बनेलगत्तै पृथकतावादी सिके राउत समूह क्रियाशील भएको छ । ‘नयाँ सरकार भारत मैत्री मात्रै नभएर पृथकतावादी मैत्री पनि हुन लागेको त हैन ?’ भन्ने प्रश्न उब्जेको छ ।

फास्ट ट्रयाक बनाउने पैसा नेपाल सरकारले प्रबन्ध गरिदिनु पर्ने, अनि सडक तयार भएपछि ३० वर्षसम्म सञ्चालनका क्रममा घाटा भए, घाटा हुने भारतीय कम्पनीलाई क्षतिपूर्ति पनि नेपाल सरकारले नै व्यहोरिदिने परियोजनाको पक्षमा निधि कम्मर कसेर लागेका थिए । सुशील कोइराला सरकार हुँदादेखि निधिले फास्ट ट्रयाकको काम भारतलाई दिनु पर्छ भन्दै लविङ गरिरहे । प्रचण्ड सरकारमा आउने बित्तिकै नेपालका लागि भारतका पूर्व राजदूत राकेश सुदले समेत द हिन्दु अनलाईनमा लेख लेख्दै फास्ट ट्रयाक भारतलाई दिनु पर्ने आशयमा धारणा राखे ।

यस्ता आधारहरुले निधिलाई भारतनिकटको आरोप लाग्ने गरेको छ । तर उनी गृहमन्त्री भएलगत्तै सिके राउतले आफ्नो गतिविधि तेज गरेका छन् । उनले मधेसलाई अलग देश बनाउन तराईमा पर्चा पम्पलेट बाँडिरहेका छन् । १० लाख मधेसी युवालाई रोजगारी दिने योजनासहित अनलाईनबाट फारम भर्न सिके राउतले सार्वजनिक आह्वान गरेका छन् । उनले नेपालको तराईलाई नेपालबाट टुक्र्याएर अलग देश बनाउने अभियान सञ्चालन गरिरहेका छन् ।

यस्ता गतिविधि खुलेआम हुँदा पनि गृहमन्त्रालयले मौनता साँधिरहेको छ ।

विशेष