प्रमाणपत्रका आधारमा प्रभु बैंकले ३ लाखसम्म शैक्षिक कर्जा दिने
साउन – ७ । प्रभु बैंकले काठमाडौं इन्जिनियरिङ कलेज (केइसी) मा स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई ३ लाख रुपैयाँसम्म शैक्षिक कर्जा उपलब्ध गराउने सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कलेजका प्रवन्ध निर्देशक राजेन्द्र शाक्यले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
बैंकले शुरुवात गरेको शैक्षिक कर्जा ‘स्कीम’ बाट आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ महशुस गर्नु भएका विद्यार्थीहरुलाई औधी लाभ पुग्न सक्छ । तीन लाख रुपैयाँसम्म कर्जा उपभोग गर्न पाउने यस कर्जा ‘स्कीम’ अन्तर्गत कर्जा उपभोग गर्न चाहने विद्यार्थीले आफ्ना एसएलसी देखिका सबै सक्कल शैक्षिक प्रमाणपत्रहरु बैंकमा बुझाउनु पर्नेछ ।
आफ्नो शैक्षिक प्रमाणपत्र बैंकलाई उपलब्ध गराएर विद्यार्थीले कर्जा प्राप्त गर्न सक्नेछन् । त्यस्तैगरि बैकंले उपलब्ध गरमको शैक्षिक कर्जाअनुसार ४ वर्षभित्रमा कर्जा भुक्तानी गरि विद्यार्थीले आप्mना प्रमाणपत्र फिर्ता लैजान सक्नेछन् ।
education
Education loan
Prabhu Bank