अपराध सुरक्षा

मेडिकल अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर

मेडिकल अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर
Akhtiyar-Durupayog-anusandhan-aayog भदाै - ७ । अख्तियार अनुसन्धान अायाेगले मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय, हेटौडामा कार्यरत रजनी अग्रवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेकाे छ । उनीमाथि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सरकारी सेवा सुविधा प्रयाेग गरेकाे अाराेप छ । अग्रवालले बिडी इभिनिङ कलेज पटना भारतबाट १९९९ मा अाएसी प्रथम श्रेणीमा उत्तिर्ण गरेकाे नक्कली प्रमाणपत्र प्रयाेग गरी एमबिबिएस अध्ययन गरेका थिए । उनले नेपाल मेडिकल काउन्सिलबाट मेडिकल काउन्सिल सदस्यता दर्ता नम्बर प्राप्त गरेको र सरकारी अस्पतालमा करार नियुक्ति लिएका थिए । मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय हेटौडामा २०७२ बैशाख ३० देखि २०७२ असारसम्म कार्यरत अग्रवालले नेपाल सरकारको मेडिकल अधिकृत पदमा नियुक्ती भएका थिए ।  उनकाे भारतबाट ल्याइएकाे शैक्षिक याेग्यताकाे प्रमाणपत्र नक्कली भटेपछि उनीविरुद्ध प्रचलित भ्रष्टाचार निवारण एेनअनुुुसार विशेष अदालतमा अाराेपपत्र दायर गरिएकाे छ ।  

Akhtiyar ranjan Agrwal

विशेष