
भदौ–७ । रोल्पाको लिबाङमा पहिलो पटक २ वटा अटो रिक्सा संचालनमा आएका छन् ।
छोटो दुरीका यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै रोल्पाका प्रकाश डाँगी र मिलन डाँगीले संयुक्त प्रयासमा रिक्सा संचालनमा ल्याएका हुन् ।
जिल्लामा संचालित अन्य सवारी साधनको तुलनामा सस्तो दर कायम गरी छोटो दुरीका यात्रुहरुलाई सहज र सुलभ तरिकाले सुविधा दिने बताएका छन् ।
जिल्लामा नयाँ कामको सुरुवातसँगै सेवा र आफ्नो बेरोजगारी समस्या समाधान हुने डाँगीहरुले बताएका छन् ।
Auto Rickshaw
rolpa
Rolpa Libang