अर्थ

तातोपानी र केरुङ जान पनि अब नेपालीले भिसा लिनु पर्ने

तातोपानी र केरुङ जान पनि अब नेपालीले भिसा लिनु पर्ने

tatopani-nakaभदौ ८ । चीनको तातोपानी र केरुङ जान पनि नेपालीले अब भिसा लिनुपर्ने भएको छ । सुरक्षाको कारण देखाउँदै चीनले नेपालसँगका नाकामा कडाई शुरु गरेको हो । यसअघि तातोपानी र केरुङ नाकाबाट अस्थायी सीमा पास लिएर सीमा क्षेत्रका बजार जान सकिन्थ्यो । तर, सीमा क्षेत्रमा तस्करीलगायत अवैध गतिविधि बढेको भन्दै चीनले कडाई थालेको हो ।

केरुङमात्रै होइन, नेपालसँग प्रयोगमा नआएका अन्य नाकामा पनि चीनले सुरक्षा व्यवस्था बलियो बनाउँदै लगेको छ । तर, नेपालतर्फ भने सुरक्षा अवस्था निकै फितलो भएकाले अवैध कारबोर गर्नेलाई सहज छ । भारतको नाकाबन्दी तथा तातोपानी नाका बन्द भएपछि चीनसँगका अन्य नाकाबाट तस्करीलगायत गतिविधि बढेका छन् । नयाँ पत्रिकबाट

विशेष