अर्थ

एनसेलको लाभकर प्रकरणमा प्रधानमन्त्री प्रचण्डको चासो

एनसेलको लाभकर प्रकरणमा प्रधानमन्त्री प्रचण्डको चासो

Prachanda copyभदौ ८ । दुरसञ्चार कम्पनीहरुको सेयर बिक्रीका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशन बमोजिम प्रधानमन्त्रीको कार्यालयले मंगलबार सुचना तथा सञ्चार मन्त्रालयलाई तीन दिन भित्र यथार्थ विवरण उपलब्ध गराउन निर्देशन दिँदै पत्र काटेको छ । यता सुचना तथा सञ्चार मन्त्रालयले दुरसञ्चार प्राधिकरणलाई पनि दुई दिन भित्र विवरणसहित उपस्थित हुन पत्र काटिसकेको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री दाहालले सेयर बिक्री लगायत समग्र अवस्थाबारे जानकारी मागेका हुन् । यसैगरी सेयर बिक्री गर्दा र हक हस्तान्तरण गर्दा दूरसञ्चार प्राधिकरणलाई जानकारी दिनुपर्ने दूरसञ्चार ऐनमा उल्लेख छ । ऐनबमोजिम भए नभएको भन्नेमा पनि प्रधानमन्त्रीले चासो राखेका छन् ।

निजी क्षेत्रबाट सञ्चालित एनसेलले सेयर बिक्रीका क्रममा तिर्नुपर्ने कर नतिरिएको विषयमा बाहिर आएपछि प्राधिकरणमाथि समेत प्रश्न उठ्दै आएको छ । एनसेलको लगानीकर्ता रेनोल्ड होल्डिङ्समा रहेको युरोपेली कम्पनी टेलियाले आफ्नो सेयर बिक्री गर्दा उठेको पुँजीगत लाभकरसम्बन्धी विवाद अहिलेसम्म सकिएको छैन् ।

विशेष