अर्थ

ऊर्जा मन्त्री शर्माले जानकी मन्दिरको लाइन पनि काटे

ऊर्जा मन्त्री शर्माले जानकी मन्दिरको लाइन पनि काटे

Janardan Sharmaभदौ ८ । नेपाल विधुत प्राधिकरणले बक्यौता नबुझाउने जनकपुरको जानकी मन्दिर, विभिन्न मठ मन्दिर, अस्पताल तथा सरकारी कार्यालयको बिजुली लाईन काटेको छ ।

विद्युत महशुल नबुझाउने उपभोक्ता, जानकीमन्दीर, राम जानकी विवाह मण्डप मन्दीर, लक्ष्मण मन्दीर, जनकपुर अञ्चल अस्पताल, सडक डिभिजन कार्यालय को लाईन काटिएको विधुत प्राधिकरण जनकपुर वितरण कार्यालयले जनाएको छ ।

प्राधिकरणका अनुसार, जानकी मन्दिरले विगत ३० वर्षदेखि विधुत महसुल नबुझाएको र मन्दिरमाथि रु. ६५ लाख भन्दा बढी रकम बक्यौता रहेको छ । यसैगरी लामो समयदेखि विधुत महसुल नबुझाएका लक्ष्मण मन्दिरमाथि रु. १७ लाख, रामजानकी विवाह मण्डपमाथि रु. साढे ७ लाख, जनकपुर अञ्चल अस्पतालमाथि रु. ६० लाख, मैक्स प्लास्टिक उद्योगमाथि रु. साढे ५ लाख तथा सडक डिभिजन कार्यालयमाथि रु.३ लाख २५ हजार बाँकी बक्यौता रहेका छन् ।

विशेष