अर्थ

विद्युत प्राधिकरणको कुल बक्यौता नै ९ अर्ब

विद्युत प्राधिकरणको कुल बक्यौता नै ९ अर्ब

electricभाद्र ८ । लामो समय महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियानलाई नेपाल विद्युत प्राधिकरणले मंगलबार पनि जारी राख्दै मंगलबारसम्ममा मुलुकभरका तीन महिनाभन्दा बढीको महसुल नबुझाउने कुल ८ सय ८४ ग्राहकको लाइन काटेको छ ।

मंगलबारसम्मको ८ करोड ५६ लाख रुपैयाँ बक्यौता बराबरको लाइन काटिएको हो । यसैबीच प्राधिकरणले मंगलबार नै सार्वजनिक सूचना निकालेर बक्यौता नतिर्ने सरकारी निकाय, अस्पताललगायतलाई सात दिने चेतावनी दिएको छ ।

सात दिनभित्र बक्यौता रकम नतिरे उनीहरूको पनि लाइन काटिनछ । सरकारी कार्यालयले मात्र तिर्न बाँकी बक्यौता हालसम्म ५४ करोड पुगिसकेको छ । प्राधिकरणको कुल बक्यौता भने ९ अर्बको हाराहारीमा छ ।

विशेष