पर्यटन

चन्द्रागीरिबाट केवलकारमा राजधानी सरर (फोटो फिचर सहित)

चन्द्रागीरिबाट केवलकारमा राजधानी सरर (फोटो फिचर सहित)
rGb|flul/df ;~rflnt s]jnsf/ ko{6sLo If]q rGb|flul/ 8fF8fdf ;~rflnt s]jnsf/ . rGb|flul/ lxN; lnld6]8n] sl/j ? tLg ca{ %) s/f]8sf] nufgLdf s]jnsf/ lgdf{0f u/]sf] xf] . tl:a/ M l;aL clwsf/L, /f;; भदाै - ८ । राजधानीबाट केवलकार यात्रासँगै प्रकृतिसँगै रमाउन चाहने स्वदेशी तथा विदेशी पर्यटकलाई नयाँ उत्पादनको विकास भएको छ । rGb|flul/df ;~rflnt s]jnsf/ ko{6sLo If]q rGb|flul/ 8fF8fdf ;~rflnt s]jnsf/ . rGb|flul/ lxN; lnld6]8n] sl/j ? tLg ca{ %) s/f]8sf] nufgLdf s]jnsf/ lgdf{0f u/]sf] xf] . tl:a/ M l;aL clwsf/L, /f;; चन्द्रागीरिबाट अन्नपूर्ण श्रृङ्खलादेखि सगरमाथासम्म एकसय ८० डिग्रीको कोणबाट सहजै दृश्यावलोकन गर्न सकिन्छ । चन्द्रागीरि हिल्स लिमिटेडले कुल रु तीन अर्ब ५० करोडको लगानीमा केवलकार निर्माण गरेको हो । कुल ३६ हेक्टर क्षेत्रफलमा निर्माण भएको सो केवलकारको लम्बाइ २.५ किमी रहेको छ । rGb|flul/df ;~rflnt s]jnsf/ ko{6sLo If]q rGb|flul/ 8fF8fdf ;~rflnt s]jnsf/ . rGb|flul/ lxN; lnld6]8n] sl/j ? tLg ca{ %) s/f]8sf] nufgLdf s]jnsf/ lgdf{0f u/]sf] xf] . tl:a/ M l;aL clwsf/L, /f;; करिब नौ मिनेटको केवलकारयात्रामा समुद्री सतहदेखि दुई हजार ५०० मिटर उँचाइमा रहेको चन्द्रागीरि डाँडा पुगिन्छ । केवलकारको जम्मा ११ वटा टावर (रिले स्टेसन) रहेका छन् भने ३६ वटा डिब्बा रहेको उक्त केवलकारको प्रत्येक डिब्बामा आठजना यात्रु अट्छन् । सरकारसँग ४० वर्षका लागि जग्गा भाडामा लिएर कम्पनीले केवलकार सञ्चालन गरेको हो ।  chandra 4 वैशाखको पहिलो सातादेखि केवलकार सञ्चालन भए पनि गत साउन २४ गते भालेश्वर महादेवको प्राण प्रतिस्थापन गरेर सर्वसाधरणको लागि खुल्ला गरिएको हो । अहिले परीक्षणको रुपमा सञ्चालन भएको केवलकार करिब एक महिनापछि भव्य समारोहकाबीच उद्घाटन गरिने कम्पनीका बजार व्यवस्थापक विख्यात विक्रम राणाले राससलाई जानकारी दिएका छन् ।  chandra 5 उनले देशलाई पर्यटनको नयाँ गन्तव्य दिने र पर्यटनको माध्यमबाट आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यले केवलकार सञ्चालन गरिएकोे बताए । दैनिक तीन हजारले यात्रा गर्ने कम्पनीको लक्ष्य छ । केवलकारको दुईतर्फी भाडा नेपालीका लागि रु ७०० र विदेशीका लागि २२ अमेरिकी डलर कायम गरिएको छ । तीन वर्षमुनिको बच्चालाई निःशुल्क, शारीरिक अशक्तता भएका व्यक्तिलाई ५० तथा ज्येष्ठ नागरिक, विद्यार्थी र स्थानीयवासीलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको व्यवस्थापक राणाले बताए।  chandra 6 हाल केवलकारबाट करिब एकसय २० जना तथा रिसोर्टसहित गरी करिब ४०० जनाले प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगारी पाउने कम्पनीको दाबी छ । चन्द्रागीरि डाँडामा केवलकारको मुख्य कक्ष, टर्मिनल भवन, भालेश्वर महादेवको मन्दिर, भ्यूटावर, थिएटर र सम्मेलन हल निर्माण गरिएको छ । chandra 7 

chandragiri kebul car

विशेष