बेल्जियममा यसरी हुँदैछ नेपालको प्रवर्द्धन

भदौ–८ । नेपाली दूतावासले बेल्जियमको राजधानी क्षेत्र ब्रशेलको २० सार्वजनिक सवारी साधनमा पोस्टर टालेर नेपाली प्रकृति र संस्कृतिको प्रबद्र्धन गरिरहेको छ । १६ अगष्ट २०१६ मा सुरु भएको यो अभियान २९ अगष्ट २०१६ मा समाप्त हुनेछ । जेसीडीएक्स एक अन्तराष्ट्रिय विज्ञापन एजेन्सी जसले एस्टिआईवि वेल्जियमका सवारी साधनमा विज्ञापन चलाउन १२ वर्षे सम्झौता गरेका थिए सोही एजेन्सीसँग दूतावासले आफ्नो सम्झौतामा हस्ताक्षर गरेको हो ।
सम्झौता अनुसार दूतावासले प्रबद्र्धनको रुपमा रहेको तस्बिरहरु प्रदान गरेको थियो । ब्रसेल्सको पाँच सार्वजनिक सवारी साधनमा हरेक १ तस्बिर गरी चार फरक पोस्टर दूतावासले नेपाल पर्यटन बोर्डबाट साभार गरेको हो ।
सो पोस्टरहरुमा, ‘ भगवान् बुद्धको जन्मभूमि नेपालमा स्वागत छ ’ , ‘ प्राकृतिक नेपाल एक पटकमा छैन पर्याप्त ’, ‘ सर्वोच्च सगरमाथा नेपालको अद्वितीय खजाना ’ , ‘ नेपाल सधैँ पर्यटकको लागि आकर्शित र सुरक्षित गन्तव्य ’ , क्रमशः क्याप्सनहरु पोस्टरमा प्रयोग भएका छन् ।
यो अभियानले यात्रा गर्ने सार्वजनिक तथा दर्शक को ध्यान खिच्न प्रभावशाली माध्यम हुने अपेक्षा गरिएको छ । अभियानले नेपाल पहिले जस्तै प्राकृतिक र सांस्कृतिक रुपमा सुन्दर र सुरक्षित रहेको सन्देश फैलाउन अपेक्षा गरेको छ ।
पोस्टरको व्यापक रचनात्मक संभावनाहरु मार्फत सन्देश प्रचारमा लाने लक्ष्य भएको र यो विज्ञापन अभियान भौगोलिक लचकता भएको सवारी साधनमा प्रदर्शन गरेर हुने दूतावासले विश्वास गरेको छ ।
Belgium
Brussels
Embassy of Nepal
Mission of Nepal to the European Union



