साहित्य आज

‘सुलभ तामाङ प्रतिभा पुरस्कार’ कवि थिङलाई

‘सुलभ तामाङ प्रतिभा पुरस्कार’ कवि थिङलाई

भदाै - ९ । ‘सुलभ तामाङ प्रतिभा पुरस्कार’ कवि बिना थिङलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रू २५ हजार रहेको छ ।

तामाङ सेवा समाजले प्रदान गर्ने सो पुरस्कार बिहिबार आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विष्णुविभू घिमिरेले कवि थिङलाई प्रदान गरेका थिए । त्यसैगरी उनले कालिका नारी प्रतिभा पुरस्कार गुठीले प्रदान गर्ने ‘कालिका नारी प्रतिभा पुरस्कार’ पाँच कवियत्रीलाई प्रदान गरे । जनही रू एक हजार राशिको उक्त पुरस्कार कवियत्रीहरू थिङ, कुमारी तामाङ, हिरामाया घिसिङ, अनिषा थिङ र गजलकार सजना गोलेलाई प्रदान गरियो ।

सो अवसरमा उपकुलति घिमिरेले पत्रकार तथा लेखक रवीन्द्र तामाङको ५० औँ जन्मोत्सवको अवरसमा प्रकाशित ‘पचास वर्ष रवीन्द्र तामाङ’ स्वर्णग्रन्थ लोकार्पण गर्दै आममानिसले नबुझे पनि मातृभाषामा जुन साहित्य आएको छ त्यसले नेपालीपन दिएको छ भनेका छन् । पुस्तकमा ३० संस्मरणात्मक लेख, अन्तवार्ता रहेका छन् । समाजका अध्यक्ष कुयाङ तामाङले नेपाली साहित्यलाई अगाडि बढाउन तामाङ समुदायको पनि अतुलनीय योगदान रहेको बताएका छन् । कार्यक्रममा पुरस्कृत पाँच कवियत्रीले समसामयिक कविता वाचन गरेका थिए ।

shitya tamang sewa samaj

विशेष