चीनले भन्न थाल्यो, ‘तातोपानी नाका खुल्न नसक्नुमा कमजोरी नेपाल सरकारकै’
भदौ १० । तातोपानी नाका सुचारु हुन नसक्नुमा चीनले नेपालकै कमजोरी रहेको औल्याउन थालेको छ । नेपाल सरकारले कुन रुपमा नाका खोल्ने भन्ने विकल्प दिन नसक्दा नाका खुल्न ढिलाई भएको हो ।
सामान मात्र ल्याउने गरी नाका सुचारु गर्न हिउँदमा कुनै समस्या नरहेको चीनकोसर्त छ । त्यसका लागि प्रबन्ध मिलाउन नेपाललाई लगातार अनुरोध गर्दा पनि वास्ता नगरेको उनको भनाइ छ ।
न्यालेम (कुती)बाट सिधा सडक निर्माण गर्दै तत्काललाई सिन्धुपाल्चोकको लार्चामा ल्याउने र पछि काभ्रेको पाँचखालनमा नयाँ ड्राइपोर्ट बनेमा त्यहाँ सार्ने गरी काम गर्ने चीनको प्रस्तावा छ । तर त्यसमा नेपाल सरकारले तदारुकता नदेखाएको उसको गुनासो छ । कान्तिपुर दैनिकबाट