अर्थ

चिनियाँ कम्पनीले राख्यो अहिलेसम्मकै ठूलो प्रस्ताव

चिनियाँ कम्पनीले राख्यो अहिलेसम्मकै ठूलो प्रस्ताव

HydroEmissions_main_1011भदौ १० । चिनियाँ कम्पनी चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन सिएमइसीले नेपालमा दुई ठूला जलविद्युत आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ । सिएइसीले ६ सय ५० मेगावाटको तामाकोसी तेस्रो र ७ सय ६२ मेगावाटको तमोर जलविद्युत आयोजना निर्माण गर्न लगानी बोर्डमा लिखित प्रस्ताव गरेको छ ।

प्रस्तावमा सिएइसीले आफू चीनको उत्कृष्ट दस कम्पनीभित्र पर्ने दाबीसमेत गरेको छ । सिएइसीले यी दुई आयोजनाको अध्ययन, निर्माण तथा हस्तान्तरण इपिसिएफ मोडलमा बनाउने प्रस्ताव गरेको हो । यो मोडेलमा कम्पनीले यी आयोजना बनाएर सरकारलाई उसको लागत निश्चित अवधिमा फिर्ता गर्नुपर्ने जानकारी सरकारी अधिकारीले दिएका छन् ।– कान्तिपुर दैनिकबाट

विशेष