अर्थ

नेप्से परिसूचक निरन्तर ओह्रालो

नेप्से परिसूचक निरन्तर ओह्रालो
lossभदौ ११ । साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १५६ कम्पनीहरुको कारोबार भएको छ । १५६ कम्पनीको कारोबार १९ हजार ९ सय ५४ बाट तीन अर्ब ४५ करोड १४ लाख ४७ हजार रुपैयाँ बराबरको ४७ लाख ८१ हजार नौ सय कित्ता सेयर खरिद बिक्री भएको छ । कारोबार रकममा गत साताको भन्दा २१ दशमलव ४० प्रतिशतले कमी आएको छ । गत साता १५२ कम्पनीहरुको कारोबार भएको थियो । २५ हजार ६ सय ७९ कारोबारबाट चार अर्ब ३९ करोड १२ लाख ९० हजार रुपैयाँ बराबरका ८३ लाख २३ हजार आठ सय ६० कित्ता सेयर खरिद बिक्री भएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८ दशमलव १९ अंकले बढेर अन्तिम दिन १७३० दशमलव ६२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २ दशमलव २४ अंकले बढेर ३७४ दशमलव २५ अंकमा आईपुगेको छ ।

nepse Share

विशेष